काठमाडौँबाट भारत लगेर नेटवर्किङ कम्पनीमा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
सारांश
- काठमाडौँबाट अपहरण गरी भारतको पटनामा बन्धक बनाएको आरोपमा दुई जना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सिन्धुली र सिन्धुपाल्चोकका व्यक्तिहरू छन्, उनीहरूले पीडितलाई नेटवर्किङमा लगानी गर्न दबाब दिएका थिए।
- पीडितलाई ३५ हजार भारतीय रुपैयाँको लोभ देखाई पटना लगेर २ लाख रुपैयाँ लगानी गर्न बाध्य पारिएको थियो।
काठमाडौँ । काठमाडौँबाट एक जना युवकलाई भारतको पटनामा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका घर भएर भक्तपुर बस्ने २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोक घर भएर पर्सा बस्ने ४५ वर्षीय रेशमबहादुर खत्री छन् । उनीहरू साउन ५ मा पक्राउ परेका हुन् ।
खत्रीलाई वीरगन्जबाट र अच्छामीलाई बल्खुबाट पक्राउ गरिएको मानव बेचबिखन ब्युरोका एसपी रुगम कुँवरले रातोपाटीलाई बताए । ३५ हजार भारतीय रुपैयाँ तलब आउँछ भनेर उनीहरूले पीडितलाई वैशाख १९ मा पटना नजिक सम्म लगेका थिए । पटना नजिकै सञ्चालित ‘वेल स्टार डाइनामिक कम्पनी’मा लगेपछि तालिम लिनको लागी भनेर उनीहरूले १० हजार भारतीय रुपैयाँ असुलेका थिए । त्यसपछि नेटवर्किङ कम्पनी वेल स्टारमा लगानी गर्न भनेर उनीहरूले २ लाख भारतीय रुपैयाँ मागेर बन्धक बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
पीडितलाई बन्धक बनाएर नेपालबाट अरू मानिसहरूलाई पनि बोलाउन दबाब दिएपछि उनी भागेर नेपाल फर्केका हुन् । पटना र मुजफ्फरपुरमा लगेर नेपालीहरूमाथि जबरजस्ती नेटवर्किङको नाममा आर्थिक र श्रम शोषण हुने गरेको एसपी कुँवरले बताए ।
तालिम लिएकाहरूलाई सुटको कपडा दिएर लगानी गर्न लगाउने र नयाँ ग्राहक बनाउनुपर्छ भनेर आरोपीहरूले पीडितहरूलाई दबाब दिने गरेको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरु विरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण