राष्ट्रपतिद्वारा संवैधानिक परिषद् संशोधन विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता
काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तब्य, अधिकार र कार्यविधि ) सम्बन्धी ऐन २०६६ लाई संसोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् ।
सो संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकुल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले जानकारी दिए ।
दुवै सदनबाट पारित भइ आएको सो संसोधन विधेयक प्रमाणिकरणका लागि गत असार ३१गते राष्ट्रपतिसमक्ष आएको थियो ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद्मा प्रतिनिधिसभाको सभामुख र उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष, प्रधानन्यायाधीश र प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दलको नेता सदस्य हुन्छन् ।
यस विषयमा प्रतिनिधिसभामा सत्ताको नेतृत्वकर्ता नेकपा एमाले र सत्तारुढ दल नेपाली कांग्रेसबिच मतैक्यता हुन सकेको थिएन । दुई दलबिच मतैक्यता नभएपछि असार २४ गते प्रतिनिधिसभाको कार्यसूचीमा चढेको संशोधन विधेयक विशेष व्यवस्था देखाएर सभामुख घिमिरेले हटाएका थिए । अर्को दिन असार २५ गते एमालेका नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीसमेतले कांग्रेसलाई ‘कन्भिन्स’ गरेपछि राष्ट्रियसभाबाट संशोधन भएर आएको विधेयक जस्ताको तस्तै पारित गरिएको थियो ।
त्यसपछि सभामुख घिमिरेले प्रमाणित गरेर राष्ट्रपति कार्यालयमा प्रमाणीकरणका लागि पठाएका थिए । तर राष्ट्रपति पौडेलले प्रमाणीकरण नगरी प्रतिनिधि सभामा विधेयक फिर्ता पठाइदिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण