अटोरिक्सा मर्स्याङ्दीमा खस्दा ६ जना घाइते
सारांश
- लमजुङ-मनाङ सडकखण्डमा अटोरिक्सा दुर्घटना हुँदा चालकसहित ६ जना घाइते भएका छन्।
- बेँसीसहरबाट खुदीबजारतर्फ जाँदै गरेको अटोरिक्सा खरखरे भिरबाट मर्स्याङ्दी नदीमा खसेको थियो।
- घाइतेमध्ये दुई जनालाई चितवन पठाइएको छ भने अन्यको बेँसीसहरस्थित अस्पतालमा उपचार भइरहेको छ।
लमजुङ । लमजुङ-मनाङ जोड्ने बेँसीसहर-चामे सडकखण्डमा आज अटोरिक्सा मर्स्याङ्दी नदीमा खस्दा चालकसहित ६ जना घाइते भएका छन् । बेँसीसहरबाट मर्स्याङ्दी गाउँपालिकाको खुदीबजारतर्फ जाँदै गरेको गप्र ००४००१ ह २८५ नम्बरको अटोरिक्सा बेँसीसहर-६ खरखरे भिरबाट मर्स्याङ्दीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बोहोराले जानकारी दिए ।
गोरखाको आरुघाट गाउँपालिका–१ की ४५ वर्षीया स्यानुमाया गुरुङ, ३५ वर्षीया अञ्जली गुरुङ, ४८ वर्षीया धनकुमारी गुरुङ र ४० वर्षीया शिलादेवी गुरुङ तथा नुवाकोटको तादी गाउँपालिका–२ की ४५ वार्षीया सुस्मिता तामाङ र अटोरिक्सा चालक मस्र्याङ्दी–४ का ३० वर्षीय टोपबहादुर लामा घाइते भएका छन् ।
स्यानुमाया गुरुङ र सुस्मिता तामाङलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको प्रहरी नायब उपरीक्षक बोहराले बताए । अन्य घाइतेको बेँसीसहर–८ स्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण