शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको डिबेञ्चरमा सर्वसाधारणको आकर्षण, ५.९५ गुणा आवेदन
काठमाडौँ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आफ्नो ऋणपत्र ’८ प्रतिशत शाइन रेसुङ्गा विकास बैंक ऋणपत्र २०९२’ को सफल बाँडफाँट गरेको छ ।
बिहीबार निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको कार्यालय लाजिम्पाटमा उक्त बाँडफाँट सम्पन्न भएको हो ।
बैंकले प्रति कित्ता एक हजार रुपैयाँ अङ्कित मूल्यका १ अर्ब बराबर कुल दश लाख कित्ता ऋणपत्र कुल रकम जारी गरेको थियो । कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् ४ लाख कित्ता सर्वसाधारणका लागि र बाँकी ६० अर्थात् छ लाख कित्ता प्राइभेट प्लेसमेन्टबापत छुट्याइएको थियो ।
यसमध्ये सर्वसाधारणका लागि मिति असार ३२ देखि साउन ४ गतेसम्म खुला गरिएको यस ऋणपत्रमा लगानीकर्ताहरूबाट उत्साहजनक सहभागिता प्राप्त भई ५.९५ गुणा बढी आवेदन परेको बताइएकाे छ ।
पछिल्लो समय ऋणपत्र निष्कासनमा सर्वसाधारणको सहभागिता उल्लेखनीय रूपमा बढेको देखिएको छ । यसले पुँजी बजारप्रति लगानीकर्ताको सचेतना र विश्वासमा सकारात्मक परिवर्तनको संकेत गरेको बैंकको दाबी छ ।
उक्त डिवेञ्चर आवेदकहरूको डिम्याट खातामा सम्बन्धित ऋणपत्रका कित्ताहरू चाँडै नै जम्मा हुने समेत बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको प्रतिबद्धता छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण