प्रधानमन्त्री ओलीले आज परवानीपुर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गर्ने
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले बाराको परवानीपुर गाउँपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गर्ने भएका छन्।
- परवानीपुर गाउँपालिकाले ८ वर्षदेखि भाडाको घरबाट कार्यालय सञ्चालन गर्दै आएको थियो।
- नयाँ भवनबाट सेवा प्रवाह गर्न सहज हुने र पार्किङ तथा सेवाग्राहीलाई बस्ने ठाउँको समस्या समाधान हुनेछ।
बारा । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बाराको परवानीपुर गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गर्ने भएका छन् ।
प्रधानमन्त्री ओली सुरुमा महोत्तरी जाने र २ बजेपछि मात्रै बाराको आउने कार्यक्रम रहेको परवानीपुर गाउँपालिकाका प्रमुख रामक्षेत्री कुर्मीले जनाएका छन् ।
आठ वर्षदेखि भाडाको घरबाट कार्यलय सञ्चालन गर्दै परवानीपुर गाउँपालिकाले प्रधानमन्त्री ओलीबाट आज आफ्नो नयाँ प्रशासनिक भवन उद्घाटन गर्न लागेको हो ।
परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले नयाँ आर्थिक वर्षदेखि नयाँ भवनबाट सेवा प्रवाह गर्ने बताएका छन् । उनले साँघुरो भाडाको घरबाट सेवा दिन धेरै समस्या झेल्दै आएको बताए ।
‘हामीलाई सवारी पार्किङको धेरै समस्या थियो, सडकमै पार्किङ लगाएका राख्नुपर्थ्यो, सेवाग्राही आउँदा बस्ने ठाउँ पनि थिएन’ प्रमुख प्रशासकीय अधिकृत रौनियारले भने ‘एउटै कोठामा ३ वटासम्म शाखा राखेर एउटै टेबलमा २/३ जना कर्मचारी बसेर काम गर्नुपर्ने बाध्यता थियो अव नयाँ भवनबाट सेवा दिन पाउँदा खुसी छौ ।’
पालिकाले मासिक ५० हजार कार्यालयको भाडा बुझाउँदै आएको थियो । २०७४ को पहिलो स्थानीय तह निर्वाचन पछि शिलान्यास भएको पालिकाको भवन बजेट अभावले ढिलो गरी सम्पन्न भएको हो ।
उत्तर तर्फ जीतपुर सिमरा उपमहानगर र पश्चिम दक्षिणतर्फ वीरगन्ज महानगरसँग जोडिएको यो जिल्लाको सबैभन्दा सुगम गाउँपालिका पनि हो ।
यो पथलैया–वीरगन्ज औद्योगिक कोरिडोरसँग जोडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण