गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड
शुक्रबार, ०९ साउन २०८२, १० : ४०
सारांश
- कोशी गाउँपालिका-४ को कोशी कटान क्षेत्रमा गर्मी छल्न स्थानीयको भीड लाग्न थालेको छ।
- सप्तकोशीको पानी 'सिपेज' भएर आउने र चिसो हुने भएकाले दैनिक सयौं मानिस नुहाउन आउँछन्।
- स्थानीयका अनुसार, गर्मी मौसममा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि योजना बनाउनुपर्छ।
सुनसरी । अत्यधिक गर्मीका कारण यहाँको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा स्थानीयको भीड लाग्न थालेको छ । सो स्थानमा सप्तकोशी नदीको पानी ‘सिपेज’ भएर आउने र पानी चिसो हुने भएकाले नुहाउनका लागि स्थानीयसँगै आसपासका स्थानबाट सर्वसाधारण आउने गरेको स्थानीय अरुण मण्डलले जानकारी दिए । यहाँ दैनिक १०० भन्दा बढी नुहाउनकै लागि आउन थालेको स्थानीय रुपेश झाले बताए ।
चर्को घामका बेलामा पनि यहाँको पानी चिसो हुने भएकाले बढ्दो गर्मीसँगै नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको स्थानीयको भनाइ छ । कटान क्षेत्रमा लामो तथा छाटो दूरीका सवारीसाधनका चालक र यात्रु समेत नुहाएर विश्राम लिने गरेका छन् ।
यस स्थानलाई गर्मी मौसमको समयमा व्यवस्थित बनाई आन्तरिक पर्यटन प्रवर्द्धन सकिने भएकाले ठोस योजना बनाउन आवश्यक रहेको स्थानीय बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन स्थल जलमग्न (तस्बिरहरू)
-
हास्य कलाकार खेम शर्मा `चतुरे´को निधन
-
कालीगण्डकी किनारलाई धार्मिक–पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पदमार्ग निर्माण
-
इक्वेडर र कुरासाओ गोलरहित बराबरीमा रोकिए, दुवै टोलीको नकआउट चरण पुग्ने सम्भावना कठिन
-
पोखरा रङ्गशालामा सामूहिक योग कार्यक्रम (तस्बिरहरू)
-
‘ट्रिलिनेयर’हरुको युगमा लोकतन्त्र खतरामा छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण