२०२१ यता विदेश भ्रमणमा मात्रै नरेन्द्र मोदीले सके ३६२ करोड भारु
शुक्रबार, ०९ साउन २०८२, १२ : ४६
सारांश
- भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको विदेश भ्रमणमा भएको खर्चबारे जानकारी गराएको छ।
- २०२१ देखि २०२४ सम्म विदेश भ्रमणमा २९५ करोड भारुभन्दा बढी खर्च भएको मन्त्रालयले जनाएको छ।
- २०२५ को अहिलेसम्म मोदीले फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरबको भ्रमण गरेका छन्।
नयाँ दिल्ली । भारतको विदेश मन्त्रालयले बिहीबार संसदमा प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको बारेमा जानकारी गराएको छ ।
मन्त्रालयका अनुसार २०२५ को अहिलेसम्मको अवधिमा मोदीले पाँच देशको भ्रमणमा ६७ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छन् । २०२१ देखि २०२४ सम्म विदेश भ्रमणमा २९५ करोड भारुभन्दा बढी खर्च भएको छ ।
अर्थात् २०२१ यताको कूल खर्च ३६२ करोड भारु हुन आउँछ । तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफमा विदेश मन्त्रालयले यो जानकारी दिएको हो ।
२०२५ को अहिलेसम्मको अवधिमा मोदीको फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरबको भ्रमणको विवरण आइरहेको छ । बाँकी नौ देशहरूको बिलको प्रशोधन अझै जारी रहेको मन्त्रालयले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण