मापदण्ड अनुसार नै पीएचडी प्रमाणपत्र लिएको दाबी
काठमाडौँ । ‘नेपालमा सरकारी जागिर, भारतबाट पीएचडीको प्रमाणपत्र’ शीर्षकमा गत जेठ २६ गते प्रकाशित समाचारप्रति सम्बन्धित तीन जनाले आपत्ति जनाएका छन् ।
नेपाली सेना, स्वास्थ्य विज्ञान संस्थानमा नर्सिङ पेसामा कार्यरत सुशीला (देवकोटा) भण्डारी र सरस्वती शर्मा पौड्याल र राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडमा कार्यरत सिर्जना पन्तले उक्त समाचारप्रति आफूहरूको ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका छन् ।
‘हामी सबैले आफ्नो अध्ययन सम्बन्धित विश्वविद्यालयको नियम, प्रक्रिया र शैक्षिक मापदण्ड अनुसार नै पूरा गरेका हौँ,’ तीन जनाको संयुक्त हस्ताक्षरसहितको खण्डनपत्रमा भनिएको छ, ‘कोर्सवर्क, हाजिरी र अनुसन्धानसम्बन्धी सबै प्रक्रिया विश्वविद्यालयकै निर्देशन अनुसार सम्पन्न भएका हुन् र ती सम्बन्धी प्रमाणहरू पनि विश्वविद्यालयमा सुरक्षित छन् ।’
त्रिभुवन विश्वविद्यालयमा समकक्षता प्राप्त गर्न आवश्यक सबै कानुनी कागजातहरू समयमै बुझाएर आफूहरूले समकक्षता प्राप्त गरेको उनीहरूको दाबी छ । पत्रमा उनीहरूले भनेका छन्, ‘कोर्सवर्क सम्बन्धी प्रमाणहरू समकक्षता प्रक्रियामा बुझाउनुपर्ने कुनै नियम छैन भन्ने जानकारी गराउन चाहन्छौँ ।’
आफूहरूसँग सम्पर्क नगरी समाचार प्रकाशित भएकोमा आपत्ति जनाउँदै उनीहरूले समाचारमा देखिएका अपूर्णता, एकपक्षीय विवरणले आफूमाथि अनावश्यक भ्रम सिर्जना भएको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण