तीन प्रस्ताव पारित गर्दै १० दिन स्थगित भयो प्रतिनिधिसभा बैठक
सारांश
- प्रतिनिधिसभा बैठक साउन १९ गतेसम्मका लागि स्थगित गरिएको छ।
- बैठकले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ।
- सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठक अब साउन १९ गते दिनको एक बजे बस्ने गरी स्थगित गरिएको हो ।
सभामुख देवराज घिमिरेले बैठक साउन १९ गते दिनको एक बजेसम्मका लागि स्थगित गरेका हुन् ।
शुक्रबार बसेको बैठकले राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै बैठकले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको कार्यविधि ७ दिन थप्ने प्रस्ताव पारित गरेको छ ।
समितिको म्याद आइतबारसम्म थियो । त्यसपछि ७ दिनको लागि म्याद थपिएको हो ।
त्यस्तै सभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ४ सांसदको विषयगत समिति हेरफेर पनि गरिएको छ । सभामुख घिमिरेले पेस गरेको कांग्रेसबाट प्रतिनिधित्व गर्ने दिक्पालकुमार शाही, विष्णुकमार कार्की, प्रतिमा गौतम र आशा विकको विषयगत समिति हेरफेर गर्ने प्रस्ताव सभाले सर्वसम्मतिले स्वीकृत ग¥यो ।
अब शाही कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा, कार्की कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पूर्वाधार विकास समितिमा, गौतम पूर्वाधार विकास समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा र आशा बिक महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण