गुगल क्रोमलाई कडा टक्कर दिन सक्ला ओनएआईले ल्याउने जीपीटी–५ ?
काठमाडौँ । यतिवेला विश्वभर आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को दौड तीव्र गतिमा भइरहेको छ । यसैबिच एआई निर्माता कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले अर्को ठुलो धमाका गर्न लागेका छन् ।
खबरका अनुसार ओपनएआईको आगामी र अहिलेको सबैभन्दा उन्नत एआई मोडेल जीपीटी–५ २०२५ को अगस्ट भित्र लन्च हुन सक्छ । यसले प्रविधिको दुनियाँमा नयाँ क्रान्ति ल्याउने र गुगल क्रोम जस्ता विशाल उपकरणहरूलाई यसले निकै चुनौती दिने ठानिएको छ ।
टेक वेबसाइट द भर्जमा छापिएको खबरका अनुसार, जीपीटी–४ को तुलनामा जीपीटी–४ निकै तीव्र, सटीक र स्मार्ट हुनेवाला छ । यसलाई नयाँ अनुसन्धान र प्रविधिको आधारमा तयार पारिएको र जसले गर्दा यसको क्षमता र प्रदर्शन पहिले भन्दा धेरै गुणा राम्रो मानिएको छ ।
यसलाई पेड सर्भिसमा मात्रै सीमित नपार्ने अल्टम्यानले सङ्केत गरेका छन् । उनको कुरा सुन्दा आम जनतालाई निःशुल्क एआई उपलब्ध गराउने योजना कम्पनीको भएको बुझिएको छ ।
जीपीटी–५ को साथमा ओपनएआईले एआईमा आधारित वेब ब्राउजर पनि सुरु गर्ने खबर आइरहेका छन् । यसले आगामी समयमा गुगल क्रोमसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने अनुमान बढेको छ ।
यो ब्राउजरले प्रयोगकर्ताहरूलाई जीपीटीको ताकतको साथमा वेब ब्राउजिङको स्मार्ट अनुभव दिनेछ । कम्पनीले हालै च्याटजीपीटी एजेन्ट सुरु गरेको थियो । यो एक भर्चुअल सहायक हो । यसले प्रयोगकर्ताको कम्प्युटरमा फाइलहरू खोल्ने, इमेलहरू पठाउने वा डेस्कटप खोजी गर्ने जस्ता कार्यहरू आफैँ गर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण