घट्टेखोला–धम्पुस–खानीगाउँ सडक बनाउन शिलान्यास
सारांश
- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा घट्टेखोला-धम्पुस-खानीगाउँ सडक निर्माण सुरु हुने भएको छ।
- गण्डकी प्रदेशका मन्त्री प्रकाशबहादुर केसीले सडकको शिलान्यास गर्दै गुणस्तरमा सम्झौता नगर्न निर्देशन दिए।
- सडक निर्माण दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ, जसले स्थानीय अर्थतन्त्र र पर्यटनमा सहयोग पुर्याउनेछ।
गण्डकी। कास्कीको माछापुच्छे« गाउँपालिका–७ स्थित घट्टेखोला–धम्पुस–खानीगाउँ सडक निर्माण हुने भएको छ ।
नेपाल सरकार र एसियाली विकास बैङ्कको सहयोगमा निर्माण हुन लागेको उक्त सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे । गण्डकी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ग्रामीण सडक सञ्जाल सुधार आयोजनाबाट कार्यान्वयन भइरहेको उक्त सडक दुुई वर्षभित्र निर्माण सक्नेगरी २०८१ फागुन २१ सम्झौता गरिएको थियो ।
सडक निर्माणका लागि निर्माण कम्पनीले ३० करोड १८ लाखमा सम्झौता गरेको छ । सडकको शिलान्यास गर्दै मन्त्री केसीले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगर्न निर्माण व्यवसायीलाई सचेत गराए । सडक निर्माण कार्य पर्यटकीय क्षेत्रसँग जोडिएको हुनाले यो परियोजना स्थानीय अर्थतन्त्र, रोजगारी तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने उनले विश्वास व्यक्त गरे ।
यो योजना सम्पन्न भएसँगै माछापुच्छे« गाउँपालिका आसपासका क्षेत्रमा यातायात सेवा विस्तार गरी सामाजिक, आर्थिक, पर्यटकीय, स्वास्थ्य र शैक्षिक क्षेत्रमा बहुआयामिक भूमिका खेल्ने उनको भनाइ छ । सडकको लम्बाइ १३.३ किलोमिटर रहनेछ । पहिलो सात किलोमिटरसम्म अस्फाल्ट ‘पिच’ र बाँकी सडकमा डिबिएसटी प्रविधिबाट पिच गरिने ग्रामीण सडक सञ्जाल सुधार आयोजना प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए।
निर्माण कम्पनीका प्रतिनिधि अनिल घिमिरेले शुक्रबारदेखि निर्माण सुरु हुने र समयमै सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै सडक निर्माणमा स्थानीयको सहयोग अपरिहार्य रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण