नमोबुद्धका पूर्वमेयर शर्मा गम्भीर घाइते
सारांश
- बीपी राजमार्गमा दुर्घटना हुँदा नमोबुद्धका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन्।
- नमोबुद्ध नगरपालिकाको बिस किलोमा स्कुटर दुर्घटना हुँदा शर्मा घाइते भएका हुन्।
- दुर्घटनामा संलग्न अन्य दुई जना पनि सामान्य घाइते भएका छन्, उनीहरूको उपचार भइरहेको छ।
मकवानपुर । बीपी राजमार्ग अन्तर्गत बिसकिलोमा सवारी दुर्घटना हुँदा नमोबुद्ध नगरपालिकाका पूर्व मेयर टीपी शर्मा गम्भीर घाइते भएका छन् । घाइते शर्माको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
नमोबुद्ध नगरपालिका बिस किलो (भकुन्डे)मा नार्केबाट काठमाडौँ तर्फ जाँदै गरेको बा ६२ प ३५७८ नम्बरको स्कुटरले विपरीत दिशाबाट आउँदै गरेको बा।प्र। ०३(०२(००७ प ८८०० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा ३५७८ नम्बरको स्कुटरमा पछाडि सवार पूर्व मेयर शर्मा गम्भीर घाइते भएका हुन् । स्कुटर चालक नमोबुद्ध २ का किशोर तिमल्सिना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा अर्का स्कुटर चालक दोलखा मेलुङ घर भई हाल काभ्रे रोशी(८ वस्ने निमा तेम्वा थोकर सामान्य घाइते भएका छन् । उनको मेथिनकोट अस्पताल भकुन्डेबेसीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण