चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने
सारांश
- चलचित्र 'जनक्रान्ति' गणतन्त्र स्थापनाको आन्दोलनमा आधारित भएर निर्माण हुने भएको छ।
- पूर्व प्रधानमन्त्री प्रचण्डले चलचित्रको पोस्टर सार्वजनिक गर्दै युवा पुस्तालाई जानकारीमूलक हुने बताए।
- चलचित्रको छायाङ्कन भाद्र दोस्रो साताबाट सुरु हुनेछ र फागुन १ गते प्रदर्शन हुनेछ।
काठमाडौँ । गणतन्त्र स्थापनाका लागि भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र ‘जनक्रान्ति’ निर्माण हुने भएको छ । शनिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेका छन् ।
पोस्टर सार्वजनिक पछि बोल्दै प्रचण्डले चलचित्रले युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको सघर्ष र गणतन्त्र स्थापना अघिको सामाजिक, राजनैतिक,आर्थिक अवस्थाबारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे । हिजोको समाजको अवस्थाबारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाई थियो ।
रुद्राक्ष फिल्मस प्रालिको ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्तिको निर्देशन उपेन्द्र तिमिल्सिनाले गर्नेछन् । भाद्र दोस्रो साता देखी चलचित्रको छायाङ्कन सुरु गरिने निर्माण पक्षले बताएको छ । जनकान्तिको प्रदर्शनको मिति फागुन १ का लागि तय गरिएको निर्माता रुद्रप्रसाद खनालले जानकारी दिए ।
चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिनाले बताए । सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरूका लागि नेपालको राजनैतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ । चलचित्रको छायाङ्कन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा खोटाङ भोजपुर तथा तराई मधेसको सर्लाहीमा गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण