‘द ब्ल्यू लाइट’को फष्टलुक्स सार्वजनिक
सारांश
- चलचित्र 'द ब्ल्यू लाइट' को फष्टलुक्स सार्वजनिक भयो, जसमा बेनिशा हमाल मुख्य भूमिकामा छिन्।
- फष्टलुक्समा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरूको चित्रण गरिएको छ, जसमा बुवा र छोरीको कथा छ।
- सृष्टि श्रेष्ठलाई बन्चरोसहित एंग्री लुक्समा देखाइएको छ, जसले डरलाग्दो कथालाई संकेत गर्छ।
काठमाडौँ । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को फष्टलुक्स सार्वजनिक भएको छ । चलचित्रकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको शनिबार परेको जन्मदिनको अवसर पारेर निर्माण पक्षले फष्टलुक्स सार्वजनिक गरेको हो ।
मंसिर १२ गते रिलिज हुने चलचित्रको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन् । आफ्नो बुवाको मृत्यु भएको सपना डराइ डराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ । बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन् ।
त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र साहसी बनाउन हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबिचको डर र डर हटाउन गरेको प्रयास छ । फष्टलुक्समा बेनिशासँगै अर्पण थापा र सृष्टि श्रेष्ठ छन् । तीनै जना तनावपूर्ण भावमा छन् । एंग्री लुक्समा रहेकी सृष्टि श्रेष्ठको हातमा आलो रगत लतपतिएको बन्चरो छ । उनले भर्खरै बन्चरो कसैमाथि प्रहार गरेको अनुमान लगाउन सकिन्छ ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । चलचित्रमा बेनिशा, अर्पण थापा, सृष्टिका अलवा महेश त्रिपाठी, आयुशमान देशराज जोशी, सुरक्षा इटानीको अभिनय छ ।
बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सहनिर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण