६ सय ७१ किलो गाँजासहित ट्रक चालक पक्राउ
शनिबार, १० साउन २०८२, १७ : ०८
सारांश
- चितवन प्रहरीले करिब ६ सय ७१ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ गरेको छ।
- राप्ती नगरपालिका-१ स्थित लोथर पुल नजिकैबाट ट्रकमा लुकाएर राखिएको गाँजा फेला परेको हो।
- पक्राउ पर्नेमा भारतको बिहारका ३७ वर्षीय शेख सबिलाख्तर रहेका छन् र घटनाबारे अनुसन्धान भइरहेको छ।
चितवन । चितवन प्रहरीले करिब ६ सय ७१ किलो गाँजासहित ट्रक चालकलाई पक्राउ पक्राउ गरेको छ । जिल्लाको राप्ती नगरपालिका–१ स्थित लोथर पुल नजिकैबाट भारतको बिहार पूर्वी चम्पारण तुर्कालिया घर भएका ३७ वर्षीय शेख सबिलाख्तरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले चितवनबाट मकवानपुरतर्फ जाँदै गरेको युपि ८२ टि ३९२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा प्रहरीले सो परिमाणको गाँजा बरामद गरेको हो ।
माथिको भागमा फल्स बटन बनाई लुकाई छिपाई राखेको ४३ वटा पोकाबाट उक्त परिमाणको गाँजा फेला पारी चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण