पर्सामा डिपबोरिङ खन्दा विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने
सारांश
- पर्सा जिल्लामा डिपबोरिङ खन्नुअघि जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमति लिनुपर्ने निर्णय गरियो।
- जथाभावी डिपबोरिङ खन्ने कार्य नियन्त्रण गर्न यस्तो व्यवस्था गरिएको हो, जसको अध्यक्ष प्रमुख जिल्ला अधिकारी छन्।
- धान रोपाइँको अवस्था, क्षतिपूर्ति र किसानको विवरण कृषि ज्ञान केन्द्रले पेश गर्नेछ।
वीरगञ्ज । पर्सा जिल्लामा डिपबोरिङ खन्नुअघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराएर अनुमतिसहित सिफारिस लिनुपर्ने भएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा आज बसेको विपद्सँग सरोकार भएका निकायसँगको बैठकले अब डिपबोरिङ जडान गर्नुअघि समितिसँग अनिवार्य रूपमा अनुमति लिनुपर्ने निर्णय गरेको हो ।
प्रजिअ अर्यालले जिल्लामा जथाभावी ढङ्गले डिपबोरिङ खन्ने काम भएकाले सो नियन्त्रणका लागि अनुमति लिनुपर्ने अनिवार्य व्यवस्था गरिएको बताए। “योसँगै धान रोपाइँको अवस्था, रोपाइँ पश्चात बिरुवाको अवस्था, रोपाइँ हुन नसकी क्षति व्यहोरेका किसानलाई पर्न गएको क्षतिको मूल्याङ्कन गरी क्षतिपूर्तिको लागि आवश्यकता अनुसार समितिमा कृषि ज्ञान केन्द्रले तथ्य, तथ्याङ्क एवं विवरण पेस गर्ने निर्णय गरेको छ”, उनले भने ।
यसैगरी विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको अवधिभर कुनै पनि कार्यालय प्रमुखले जिल्ला प्रशासन कार्यालयको स्वीकृति नलिई जिल्ला नछोड्ने निर्णय पनि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण