गाजामा भोकमरी चरममाः झन्डै एक तिहाइ जनसङ्ख्या भोकमरीमा
सारांश
- गाजामा युद्धका कारण एक तिहाइ मानिस धेरै दिनदेखि भोकै बस्न बाध्य छन्।
- संयुक्त राष्ट्रसंघका अनुसार गाजामा कुपोषण बढ्दो छ, र हजारौं महिला र बालबालिकालाई तत्काल उपचार आवश्यक छ।
- मे देखि सेप्टेम्बरसम्म करिब ४ लाख ७० हजार मानिस चरम भोकमरीको चपेटामा पर्ने अनुमान छ।
रोम। युद्धले तहसनहस बनाएको गाजामा झन्डै एक तिहाइ जनसङ्ख्या धेरै दिनसम्म केही नखाई भोकै बस्न बाध्य भएको संयुक्त राष्ट्रसङ्घको खाद्य सहायता निकायले शुक्रबार जनाएको छ । उक्त निकायले गाजाको अवस्था ‘अझै डरलाग्दो र चिन्ताजनक स्तरको’ भएको चेतावनी दिएको छ ।
संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले यसअघि नै गाजामा भोकमरीको गम्भीर खतरा रहेको उल्लेख गरिसकेको थियो । इजरायलको कारबाहीको विश्वभर तीव्र आलोचना भइरहेका बेला गाजामा अत्यावश्यक राहत सामग्री पुग्न नपाउँदा अवस्था भयावह भएको हो ।
डब्लुएफपीको विज्ञप्तिमा भनिएको छ, “तीन जनामध्ये झन्डै एक जना मानिसले धेरै दिनदेखि केही पनि खान पाएका छैनन् । कुपोषण तीव्र रूपमा बढिरहेको छ, जसअनुसार झन्डै ९० हजार महिला र बालबालिका तुरुन्तै उपचारको खाँचोमा छन् ।”
संस्थाले अझ भन्यो,“यो वर्षको मेदेखि सेप्टेम्बरसम्म करिब चार लाख ७० हजार मानिस चरम भोकमरीको अवस्थामा पुग्ने अनुमान गरिएको छ, जुन खाद्य सुरक्षाको सबैभन्दा डरलाग्दो स्तर हो।”
“अत्यधिक महँगो भएका कारण बजारबाट खानपिन खरिद गर्न सकिने अवस्था छैन । मानिसहरूले राहतबाट प्राप्त हुने खानेकुरामा मात्र भर पर्नुपर्ने अवस्था छ,” डब्लुएफपीले उल्लेख गरेको छ ।
“मानवीय सहायता अभावकै कारण मानिसहरू ज्यान गुमाइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ ।
इजरायलले गएको मार्च महिनादेखि गाजामा राहत सामग्री प्रवेशमा रोक लगाएको छ, जसका कारण बालबालिकामा कुपोषणको अवस्था झनै गम्भीर बन्दै गएको विभिन्न राहत संस्थाहरूले चेतावनी दिइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरूकाे आन्दोलन
-
‘केनलाई डिफेन्डर किन बनाइयो ?’ ट्रम्पले पनि उठाए इंग्ल्याण्डको रणनीतिमाथि प्रश्न
-
इन्टर्नसिप गरिरहेका चिकित्सकहरूले गरे विरोध प्रदर्शन
-
युक्रेनकाे तीव्र आक्रमण : रूसमा इन्धनको अभाव चर्कियो
-
अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा !
-
टिपरको ठक्करबाट साइकल चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण