सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- दाङ, बारा, रुपन्देही र कैलालीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- दाङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- बारा, रुपन्देही र कैलालीमा भएका दुर्घटनामा पनि एक-एक जनाको मृत्यु भएको छ र घाइतेहरुको उपचार भइरहेको छ।
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दाङ, बारा, रुपन्देही लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको हो ।
दाङको तुलसीपुर उपमहानगरपालिका–१५ मलवारस्थित सडकमा लु.प्र.०२–००१ प ३३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ७६ वर्षीया विष्णुकुमारी रेग्मीको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका–४ स्थित सडकमा प्र.२–०३–०१५ प १७२६ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ८० वर्षीय प्रेमप्रसाद भट्टको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बयोधा अस्पताल
वीरगन्जमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उता, रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँस्थित सडकमा लु–६२ प ८७४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ डेरा गरी बस्ने गुल्मी रेसुङ्गा नगरपालिका–४ इस्मा घर भएका देवकला अधिकारीको छोरा ३ वर्षीय बिष्णु अधिकारीको मृत्यु भएको छ । शनिबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका देवकला अधिकारीको सोही अस्पताल र अन्य १ जना पैदल यात्रीको एडमसिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कैलालीको धनगढी उपमहानगरपालिका–१९ टाउनस्थित सडकमा साइकलबाट लडेर सोही ठाउँ बस्ने ५५ वर्षीय रामु आचार्यको शनिबार राति मृत्यु भएको छ ।
साइकलबाट लडेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण