जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
सारांश
- मोरङ र उदयपुरमा भएका करणीका घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- मोरङमा एक १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा ३७ वर्षीय खगेन्द्र विक पक्राउ परेका छन्।
- उदयपुरमा २४ वर्षीया महिलालाई करणी गरेको अभियोगमा ४८ वर्षीय गजेन्द्र गिरी पक्राउ परेका छन्।
काठमाडौँ । जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । मोरङ र उदयपुरमा भएको जबरजस्ती करणीका घटनामा २ जना पक्राउ परेका हुन् ।
मोरङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैंचा नगरपालिका–६ नमुना चोक बस्ने ३७ वर्षीय खगेन्द्र विकलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी
चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
त्यस्तै उदयपुरमा २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–९ हडिया बस्ने ४८ वर्षीय गजेन्द्र गिरीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
गिरीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण