भूमि विधेयक ल्याएर सरकारले सङ्घीयतामाथि प्रहार गर्यो : अध्यक्ष यादव
आइतबार, ११ साउन २०८२, १४ : १९
सारांश
- जनता समाज पार्टीका अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी विधेयक संविधान विपरीत रहेको बताए।
- उनले यो ऐन संशोधन गर्दा सम्बन्धित सरकारसँग परामर्श गर्नुपर्ने बताए।
- यादवले ऐन पारित भए अदालतमा बदर हुने दाबी गरे।
काठमाडौँ । जनता समाज पार्टीमा अध्यक्ष उपेन्द्र यादवले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संविधान विपरीत रहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले यस्तो दाबी गरेका हुन् ।
संविधानले वन तथा जग्गाजमिनको विषय सङ्घ, प्रदेश र स्थानीय तहको संयुक्त अधिकारको विषय रहेको भन्दै यो ऐन संशोधन गर्दा सम्बन्धित सरकारसँग परामर्श गर्नुपर्ने बताए । यसो नगरी ऐन संशोधन गर्नु सङ्घीयताको मूल भावना प्रतिकूल हुने बताए ।
यो विषयमा सर्वोच्च अदालतले समेत पटक पटक नजिर स्थापित भएको भन्दै ऐन पारित भए पनि अदालतमा पुग्यो भने यो बदर हुने उनको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण