‘पाँच सय डिप बोरिङ गाड्न सजिलो छ प्रधानमन्त्रीज्यू ?’
सारांश
- पूर्व कृषि मन्त्री डा. बेदुराम भुसालले प्रधानमन्त्री ओलीको ५०० डिप बोरिङ निर्माणको योजना व्यवहारिक नभएको बताए।
- उनले मधेस प्रदेशमा पानीको समस्या र डिप बोरिङको खर्चिलो पक्षबारे प्रकाश पारे।
- भुसालले ५०० डिप बोरिङ निर्माण गर्दा १५ हजार हेक्टरमा मात्र सिँचाइ हुने र ५ अर्ब खर्च लाग्ने बताए।
काठमाडौँ । राष्ट्रिय सभा सदस्य तथा पूर्व कृषि मन्त्री डा. बेदुराम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेजस्तो पाँच सय डिप बोरिङ निर्माण गर्न व्यवहारमा सम्भव नभएको बताएका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै भुसालले मधेस प्रदेशमा पानी नपर्दा सुक्खा भएपछि सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरे पनि डिप बोरिङ खर्चिलो भएको बताएका हुन् ।
‘प्रधानमन्त्रीजीले ५ सय डिप बोरिङ गाड्छौँ भन्नुभएछ । ५ सय डिप बोरिङ गाड्न सजिलो छ प्रधानमन्त्रीज्यू ?’, प्रश्न गर्दै भुसालले त्यसको आर्थिक खर्चबारे बताए ।
उनले भने, ‘एउटा डिप बोरिङको संरचना निर्माण गर्न कम्तीमा २ महिनाको समय लाग्छ । गाड्न मात्र १५ दिन लाग्छ । बजेटको हिसाबले एउटा डिप बोरिङको लागि १ करोड रुपैयाँ लाग्छ । जसले ४० बिगाहा सिँचाई गर्छ । हेक्टरको हिसाबले ३० हेक्टर हुन्छ ।’
उनले ५ सय बोरिङ गाडिए त्यसले १५ हजार हेक्टर क्षेत्रफलमा मात्र सिँचाई पुग्ने बताए । ‘५ सय बोरिङ गाडिएछ भने त्यसले १५हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने भयो । यो हिसाबले १५ हजार हेक्टर क्षेत्रफलका लागि ५ अर्ब खर्च हुन्छ जो व्यवहारमा लागु हुन सम्भव छैन’, भुसालको भनाइ छ ।
उनले विगतमा जस्तै प्रधानमन्त्रीको यो घोषणा पनि बेकम्मा हुने दाबी गरे । उनले नदीमा बगेर गएको पानी व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।प्रधानमन्त्री ओलीले शुक्रबार महोत्तरी पुगेर मधेसमा पाँच सय डिप बोरिङ गाड्ने आश्वासन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण