वाईसीएलद्वारा कृषि सामाग्री कम्पनीको कार्यालयमा धर्ना
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)ले कृषि सामाग्री कम्पनी लिमिटेडमा धर्ना र ज्ञापनपत्र बुझाएको छ ।
कृषकलाई मल अभाव तथा वितरण प्रक्रिया देखिएको पक्षधरतापूर्ण कमिसनलाई लिएर आइतबार कार्यालय कुलेश्वर पुगेर प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेललाई वाईसीएलले ज्ञापनपत्र बुझाउनुको साथै धर्ना दिएको हो ।
‘श्रम तथा उत्पादनमा वाईसीएल ’ अभियान अन्तर्गत वाईसीएल नेपाल केन्द्रीय समितिको आयोजना र वाईसीएल बागमती र सम्पर्क विशेष प्रदेशको सहकार्यमा कार्यक्रम गरेको अध्यक्ष पुष्प ओलीले बताए । ओलीले कृषि बालीलाई नभई नहुने अत्यावश्यक वस्तु रासायनिक मलको चरम अभाव र पक्षपातपूर्ण तरिकाले वितरण गरिएकाले धर्ना दिएको जिकिर गरे ।
‘कृषि बालीलाई नभई नहुने अत्यावश्यक वस्तु रासायनिक मलको चरम अभाव, पक्षपातपूर्ण तरिकाले गरिने वितरण हुने पार्ने प्रभाव र त्यसले कृषि प्रधान देशको उत्पादनमा पुग्ने क्षतिका विरुद्ध ज्ञापनपत्र बुझाउनुको साथै हामीले देशभर धर्ना दिएको हो’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण