मौद्रिक नीति सुस्ताएको अर्थतन्त्रलाई गति दिने खालको छ : सांसद शाक्य
सारांश
- सांसद डा. अन्जान शाक्यले मौद्रिक नीतिले सुस्ताएको अर्थतन्त्रलाई गति दिने बताएकी छिन्।
- उनले घर बनाउने सपना देख्नेहरूका लागि आवास ऋणको सीमा बढाइनुलाई सकारात्मक कदम भनेकी छिन्।
- मौद्रिक नीतिले लगानीको वातावरण सिर्जना गरी अर्थतन्त्रलाई राहत दिने प्रयास गरेको उनको भनाइ छ।
काठमाडौँ । राष्ट्रियसभाकी सांसद डा.अन्जान शाक्यले नेपाल राष्ट्र बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ का लागि जारी भएको मौद्रिक नीति सुस्ताएको अर्थतन्त्रलाई गति दिने गरी आएको बताइएकी छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले अहिलेको मौद्रिक नीति जनतामुखी भएर आएको पनि उल्लेख गरिन् ।
‘घर बनाउने सपना देख्ने हरेक नेपालीका लागि यो नीतिले आशाको किरण छरेको छ,’ उनले भनिन्- ‘व्यक्तिगत आवास ऋणको सीमा २ करोडबाट बढाएर ३ करोड पुर्याइनु र धितो मूल्याङ्कन अनुपातलाई ५० प्रतिशत बाट ७० प्रतिशत पुर्याइनुले मध्यमवर्गीय लगायतका परिवारलाई आफ्नो घरको सपना साकार पार्न ठूलो मद्दत पुग्ने देखिन्छ ।’
उनले विदेश यात्रा गर्ने नेपालीहरूका लागि विदेशी मुद्रा साट्न पाउने सीमा बढाएर ३,००० डलर पुर्याउने कुरा पनि व्यावहारिक र स्वागतयोग्य कदम भएको उल्लेख गरिन् ।
‘मौद्रिक नीतिले बैंक दर, निक्षेप संकलन दर र नीतिगत दरलाई घटाएको छ । यसको सीधा अर्थ हो- बजारमा ऋणको दर कम हुनेछ । यसले रियल इस्टेट क्षेत्रमा देखिएको तनाव कम गर्न र समग्र निजी क्षेत्रमा लगानी बढाउन मद्दत गर्नेछ,’ उनले भनिन्, ‘१२ प्रतिशतको निजी क्षेत्र कर्जा विस्तार र १३ प्रतिशतको मुद्रा आपूर्ति वृद्धिको लक्ष्यले आर्थिक गतिविधिलाई चलायमान बनाउने स्पष्ट उद्देश्य राखेको छ ।’
उनले मेक इन नेपाल मेड इन नेपाल अभियानलाई बल पुग्ने गरी सहुलियतपूर्ण ऋण र विशेष प्रोत्साहन प्याकेजको खाँचो रहेको भन्दै देशका ऊर्जावान् युवाहरूलाई बिदेसिनबाट रोक्न स्वरोजगार र उद्यमशीलताका लागि विशेष कार्यक्रम स्टार्टअप फन्ड वा विना धितो उद्यमशील कर्जा जस्ता योजनलाई प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिइन् ।
ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बढाउन डिजिटल भुक्तानी र मोबाइल बैंकिङलाई अभियानकै रूपमा लैजानुपर्ने बताइन् । उनले सेयर तथा घरजग्गामा अत्यधिक लगानी हुँदा वास्तविक क्षेत्र उपेक्षामा नपर्ने सुनिश्चितता गरिनुपर्ने उल्लेख गरिन् ।
उनले समग्रमा मौद्रिक नीतिले बजारमा तरलता बढाउन, ऋणलाई सहज बनाएर र लगानीको वातावरण सिर्जना गरेर अर्थतन्त्रलाई राहत दिन प्रयास गरेको उल्लेख गरिन् । उनले बैंकिङ सम्पत्तिलाई पूरक पुँजीमा गणना गर्न दिइनु मौद्रिक नीतिको सबैभन्दा राम्रो व्यवस्था रहेको भन्दै यस व्यवस्थाले बैंक वित्तीय संस्थामा रहेको पुँजी कोषमा रहेको दबाब घट्न गई तिनीहरूको थप व्यापार विस्तार गर्न सक्षम हुने आशा गर्न सकिने पनि उल्लेख गरिन् ।
डा.शाक्यले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति अर्थतन्त्रलाई तत्काल राहत दिने हिसाबले सकारात्मक भए पनि यतिमा मात्रै सन्तुष्ट हुन नहुनेमा जोड दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण