बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

आदिवासीको उत्थान गर्न समुदाय आधारित समृद्धिको ढाँचा आवश्यक : महासचिव पोखरेल

आइतबार, ११ साउन २०८२, १७ : ३१
आइतबार, ११ साउन २०८२

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा भएका आदिवासी जनजातिहरुको उत्थानका लागि समुदायमा आधारित बेग्लै आर्थिक समृद्धिको ढाँचा तयार पार्नुपर्ने बताएका छन् । 

लोकतान्त्रिक आदिवासी जनजाती महासङ्घद्वारा आयोजित जातीय घटक सङ्घहरूको विस्तारित बैठकलाई आइतबार प्रशिक्षणमूलक मन्तव्य राख्दै महासचिव पोखरेलले परम्परागत प्रणालीलाई आधार मानेर तिनै तहका सरकारले आर्थिक समृद्धिको ढाँचा तयार पारेर विकासका गतिविधि अघि बढाउनु पर्नेमा जोड दिएका हुन् । 

‘आदिवासी जनजातिको विकास भन्दै आफूले चाहेको र बाहिर देखेको विकासको मोडेल कार्यान्वयनमा ल्याउने गरेका छौँ । त्यसले कार्यक्रम रहुञ्जेल केहि सफल जस्तो देखिएपनि त्यसको स्थायित्व हुने देखिएन’, महासचिव पोखरेलले भने, ‘प्रत्येक समुदायले लामो समयदेखि अङ्गीकार गरेको परम्परागत प्रणालीलाई आधुनिक विकाससँग अन्तर सम्बन्धित गराएर सबै तहका सरकारले आफ्ना नीति तथा कार्यक्रम निर्माण गर्ने हो भने वास्तवमा आदिवासी जनजातिको आर्थिक समृद्धि टाढा छैन ।’ 

नेपालका आदिवासी जनजातिलाई पार्टीको नीतिगत रूपमा वकालत गर्ने एमाले पहिलो पार्टी भएको महासचिव पोखरेलको दाबी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप