शिक्षा समितिमा मिडिया काउन्सिल विधेयकबारे विज्ञसँग छलफल
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मिडिया काउन्सिल विधेयक, २०८० सम्बन्धमा विज्ञसँग छलफल गरेको छ ।
सिंहदरबारमा आइतबार बसेको बैठकमा विज्ञहरूले विधेयकका रहेको केहि व्यवस्थालाई सुधार गर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।
बैठकमा सार्वजनिक सेवा प्रसारण नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, वरिष्ठ पत्रकार तारानाथ दाहाल, त्रिभुवन विश्वविद्यालय पत्रकारिता विभागका विज्ञ लगायतले मिडिया काउन्सिल विधेयकको उद्देश्य पत्रकारिताको क्षेत्रमा आउन सक्ने विविध विषयलाई नियमन गर्ने विधेयक भएकाले मिडिया काउन्सिललाई स्वायत्त हुने गरी कानुन बनाउनुपर्ने सुझाव दिए ।
त्यस्तै मिडिया काउन्सिलमा स्वतन्त्र नियुक्ति, संसद्को प्रतिनिधित्व अनिवार्य रूपमा रहने प्रावधान रहने समेत सुझाव उनीहरुले दिएका छन् ।
साथै उनीहरुले विधेयकले छापा माध्यमलाई जत्ति नै प्रसारण माध्यमलाई पनि प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । समितिले सोमबार मिडिया काउन्सिल विधेयकका सम्बन्धमा सरोकारवालाहरूसँग अन्तर्क्रिया गर्ने जनाएको छ ।
पत्रकारिता क्षेत्रमा पेशागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रूपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालनका लागि सरकारले उक्त विधेयक ल्याएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण