गोसाइँकुण्डमा बेपत्ताको खोजी गर्न सुरक्षाकर्मी परिचालित
आइतबार, ११ साउन २०८२, २२ : ४२
सारांश
- रसुवाको गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका व्यक्तिको खोजी कार्य जारी छ।
- मोरङका मनोज न्यौपाने र सुजन ढकाल गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन्।
- सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्।
काठमाडौँ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित गरिएको छ ।
मोरङका मनोज न्यौपाने र सुजन ढकाल आज दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल रसुवाबाट विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज तथा अन्य सुरक्षा निकायसमेत संयुक्त रुपमा बेपत्ताको खोजी गर्न परिचालित भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण