ह्याट्रिक युरो विजेता प्रशिक्षक बनिन् सरिना विगम्यान
सारांश
- सरिना विगम्यान लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिपको विजेता बन्न सफल भइन्।
- उनले दुई फरक देशको टिमलाई युरो जिताउँदै महिला फुटबल इतिहासमा कीर्तिमान बनाइन्।
- इङ्गल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जित्यो।
काठमाडौँ । सरिना विगम्यान लगातार तेस्रो पटक युरोपियन च्याम्पियनसिप ९युरो० विजेता प्रशिक्षक बन्न सफल भएकी छन्। उनले दुई फरक देशको टिमलाई युरो जिताउँदै महिला फुटबल इतिहासमा अनौठो कीर्तिमान राखेकी हुन्।
विगम्यानले पहिलो पटक सन् २०१७ मा आफ्नो मातृदेश नेदरल्यान्ड्सलाई प्रशिक्षकका रूपमा युरो उपाधि दिलाएकी थिइन्। उक्त प्रतियोगिताको फाइनलमा नेदरल्यान्ड्सले डेनमार्कलाई ४–२ ले पराजित गरेको थियो।
त्यसपछि सन् २०२२ मा उनी इङ्गल्यान्डको महिला टिमको प्रमुख प्रशिक्षक भइन्। उनको प्रशिक्षणमा इङ्गल्यान्डले युरो २०२२ को फाइनलमा जर्मनीलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो।
तेस्रो उपाधि उनले हालै सम्पन्न युरो फाइनलमा इङ्गल्यान्डको प्रशिक्षककै रूपमा जितेकी हुन्। सोमबार सम्पन्न फाइनल खेलमा इङ्गल्यान्डले स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै उपाधि हात पारेको हो।
यससँगै सरिनाले युरो फुटबल इतिहासमै दुई फरक देशबाट तीन पटक उपाधि जित्ने पहिलो महिला प्रशिक्षकको कीर्तिमान कायम गरेकी छन्। उनको जादुमय प्रशिक्षण क्षमताले युरोपियन महिला फुटबलमा नयाँ उचाइ कायम गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अदालत जाने तयारीमा कांग्रेसदेखि असारे विकासमा प्रदेश सरकारहरूसम्म
-
महिला टी–ट्वान्टी विश्वकप: इंग्ल्यान्डलाई हराउँदै अस्ट्रेलियाले जित्यो उपाधि
-
कांग्रेसले विधानमा युवालाई विशेष प्राथमिकतामा राखेको छ: महामन्त्री पौडेल
-
फिफाद्वारा फोलारिन बालोगनको प्रतिबन्ध निलम्बित, बेल्जियमविरुद्धको खेल खेल्न पाउने
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण