वर्षा
सिन्धुपाल्चोकका खोलाहरूमा बहाव बढ्न सक्ने, विभागद्वारा सतर्कता अपनाउन आग्रह
सोमबार, १२ साउन २०८२, ०२ : ४३
सारांश
- जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोकका खोलामा बहाव बढ्ने सम्भावना रहेको जनाएको छ।
- बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घ्याङ, मेलम्ची घ्याङ र भोताङमा मध्यम वर्षा मापन गरिएको छ।
- विभागले उक्त क्षेत्रमा सतर्कता अपनाउन र खोलामा आउन सक्ने बाढीबाट जोगिन आग्रह गरेको छ।
काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले सिन्धुपाल्चोक जिल्लाका केही क्षेत्रहरूमा पछिल्ला घण्टामा मापन गरिएको वर्षाका आधारमा साना खोलाहरूमा बहाव बढ्न सक्ने जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार सोमबार (आज) विहान २स्२० बजे सम्मको पछिल्लो तीन घण्टामा बोल्डे, ढुङ्गे, नुर्पुगाउँ, तार्के घ्याङ, मेलम्ची घ्याङ र भोताङ स्थित वर्षा मापन केन्द्रहरूमा मध्यम वर्षा मापन गरिएको छ।
विभागले सो क्षेत्रमा अझै वर्षा हुने सम्भावना रहेकाले त्यहाँ बहने साना खोलाहरूमा पानीको बहाव केही बढ्न सक्ने चेतावनी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण