सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फुटबल

फेलिक्स अब साउदी क्लब अल–नसार जाने

सोमबार, १२ साउन २०८२, ०३ : ५१
सोमबार, १२ साउन २०८२

सारांश

  • पोर्चुगलका स्टार खेलाडी जाआओ फेलिक्स साउदी प्रो-लिगको क्लब अल-नसार जाने भएका छन्।
  • अल-नसारले फेलिक्सलाई ४४ मिलियन युरोमा अनुबन्ध गर्ने तयारी गरेको छ।
  • फेलिक्स यसअघि चेल्सी र एट्लेटिको मड्रिडमा पनि खेलिसकेका छन्।

काठमाडौँ । पोर्चुगलका स्टार खेलाडी जाआओ फेलिक्स साउदी प्रो–लिगको क्लब अल–नसार जाने भएका छन् । 

पोर्चुगाली फुटबलमा आफ्नो बेग्लै पहिचान बनाएका जाआओ फेलिक्सलाई आल नसारले भित्र्याउने भएको हो । 

फेलिक्सलाई ४४ मिलियन युरोमा भित्राउने तयारी अल नसारले गरेको हो । २५ वर्षीय फेलिक्स सन् २०२३ मा लोनमा चेल्सीबाट बार्सिलोना पुगेका थिए । फेलिक्सल स्पेनिस क्लब एट्लेटिको मड्रिडमा पनि पुगेका थिए । 

त्यसपछि चेल्सीले उनलाई झन्डै ४५ मिलियन युरोमा अनुबन्ध गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप