आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निन्दा नदीमा झोलुङ्गे पुल निर्माण

सोमबार, १२ साउन २०८२, ०४ : १८
सोमबार, १२ साउन २०८२

सारांश

  • मेचीनगर-१५ ज्यामिरगढीस्थित निन्दा नदीमा ४ करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ।
  • ३५० मिटर लामो र पाँच फिट चौडाइको पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ।
  • पुल नहुँदा स्थानीय बासिन्दालाई वर्षायाममा लामो यात्रा गर्नुपर्ने बाध्यता थियो, जुन अब हटेको छ।

झापा । यहाँको मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ ।

सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा पुल नहुँदा वर्षौँदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो ।

पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबिच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप