सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
महिला युरो २०२५

विदेशी भूमिमा ऐतिहासिक जित, इङ्गल्यान्ड पुनः युरो च्याम्पियन

सोमबार, १२ साउन २०८२, ०५ : ३९
सोमबार, १२ साउन २०८२

सारांश

  • इङ्ल्यान्डको महिला फुटबल टोलीले युरो २०२५ को उपाधि जितेर विदेशी भूमिमा पहिलो पटक ठुलो प्रतियोगिता जित्यो।
  • प्रशिक्षक सरिना वीगम्यानको यो तेस्रो युरोपियन उपाधि हो, जसमा दुई इङ्ल्यान्ड र एक नेदरल्यान्डसँग जितेकी हुन्।
  • घाइते खेलाडी र कमजोर मानिएको टिमले फ्रान्सलाई हराएर नकआउट चरणमा स्थान बनायो र उपाधि जित्यो।

काठमाडौँ। इङ्गल्यान्डको महिला फुटबल टोलीले युरो २०२५ को उपाधि जितेर विदेशी भूमिमा पहिलो पटक ठुलो प्रतियोगिता जित्ने इतिहास रचेको छ । यसअघि इङ्गल्यान्डको पुरुष टोलीले सन् १९६६ मा वेम्ब्लीमा विश्वकप जितेको थियो । महिला टोलीले २०२२ मा घरेलु मैदानमा युरो उपाधि जितेको थियो । यस पटक इङ्गल्यान्डको महिला फुटबल टोलीले पहिलो पटक युरो उपाधि जितेको छ । अझ रोचक कुरा, यो उपाधि फाइनलमा पहिलो हाफमा पछि परेको अवस्थामा फर्केर जित निकाल्न सफल भयो । 

इङ्गल्यान्डका प्रशिक्षक सरिना वीगम्यानको यो तेस्रो युरोपियन उपाधि हो । तीमध्ये दुई इङ्गल्यान्डसँग र एक नेदरल्यान्डसँग उनले पछिल्ला पाँच मुख्य प्रतियोगिताहरूको फाइनलमा पुगाउँदै उपाधि जितेकी थिइन् । 

अझै विश्वास गर्न सकिरहेकी छैन । म आफैँलाई सोध्दै थिएँ यो कसरी सम्भव भयो ? तर भयो, म टिमप्रति खुसी छु,’ फाइनलपछि उत्साहित देखिएकी वीगम्यानले भनिन् ।

चुनौतीपूर्ण यात्रा र नयाँ पुनरागमन 

युरो २०२५ सुरु हुनुअघि नै इङ्गल्यान्डलाई कमजोर मानिएको थियो । गोलकिपर मेरी एप्र्स र स्टार मिडफिल्डर फ्रान किर्बीले संन्यास लिएका थिए भने कप्तान मिली ब्राइट घाइते भएर प्रतियोगिताबाट बाहिर थिइन् । फ्रान्ससँगको पहिलो खेलमा पराजित भएपछि टिम कमजोर भएको ठानेका थिए । 

तर इङ्गल्यान्डे त्यसपछि नेदरल्याण्ड र वेल्सलाई हराएर नकआउट चरणमा स्थान बनायो । क्वार्टरफाइनलमा स्विडेनसँग २–० पछि परेको अवस्थामा पुनरागमन गर्दै खेल बराबरी गर्‍यो र पेनाल्टी सुटआउटमा जित हासिल गर्न सफल भयो । सेमिफाइनलमा इटलीसँग फेरि १–० पछि परेको अवस्थामा युवा खेलाडी मिशेल अज्ञेमाङले ९६ औँ मिनेटमा बराबरी गोल गरिन् र केलीले ११९ औँ मिनेटमा विजयी गोल गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप