टर्कीको विनाशकारी भूकम्पमा गुगलको चेतावनी प्रणाली असफल
सारांश
- गुगलले टर्कीमा भूकम्पको चेतावनी प्रणालीले राम्रोसँग काम नगरेको स्वीकार गरेको छ।
- सन् २०२३ मा टर्कीमा गएको भूकम्पमा ५५ हजारभन्दा बढीको मृत्यु भएको थियो।
- एन्ड्रोइड अर्थक्वेक अलर्ट्स प्रणालीले भूकम्पको तीव्रता कम आँकेको स्वीकार गरेको छ।
अंकारा । गुगलले सन् २०२३ मा टर्कीमा आएको विनाशकारी भूकम्पका बेला आफ्नो भूकम्प प्रारम्भिक चेतावनी प्रणालीले सही ढङ्गले सतर्कता दिन नसकेको स्वीकार गरेको छ।
फेब्रुअरी ६, २०२३ मा दक्षिण–पूर्वी टर्कीमा ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प आउँदा ५५ हजारभन्दा बढीको ज्यान लिएको थियो भने १ लाखभन्दा बढी घाइते भएको थियो। अधिकांश मानिस मध्यरातमा निद्रामा रहेका बेला भवन भत्किँदा मृत्यु भएको बताइन्छ।
गुगलका अनुसार भूकम्प केन्द्रबिन्दुबाट ९८ माइल (१५८ किलोमिटर) भित्रका करिब १ करोड मानिसलाई ३५ सेकेन्डअघि नै उच्च सतर्कता पठाउन सकिने अवस्था भए पनि त्यस्तो चेतावनी केवल ४६९ जनालाई मात्र पठाइएको थियो। त्यस बेला करिब ५ लाख मानिसलाई भने हल्का कम्पनबारे चेतावनी दिने ‘लो–लेभल अलर्ट’ मात्र पठाइएको गुगलले जनाएको छ।
एन्ड्रोइड अर्थक्वेक अलर्ट्स (एईए) नाम दिइएको यो प्रणाली एन्ड्रोइड मोबाइलबाट आउने कम्पन डाटा प्रयोग गरेर चेतावनी पठाउने गर्छ। गुगलको ‘टेक एक्सन’ अलर्टले मोबाइलको स्क्रिन पूरै ढाक्ने र ‘डु नट डिस्टर्ब’ मोड हटाउँदै ठुलो आवाजमा बज्ने गरी प्रयोगकर्तालाई सतर्क गराउने गर्छ।
तर टर्कीमा आएको भूकम्पको तीव्रता प्रणालीले कम आँक्दा चेतावनी सही रूपमा पठाउन नसकेको गुगलले स्वीकार गरेको छ। “हामी प्रत्येक भूकम्पबाट सिकेर प्रणालीलाई अझै सुधार गरिरहेका छौँ,” गुगल प्रवक्ताले बीबीसीसँग भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण