नाइजेरियामा डुंगा पल्टिँदा १३ जनाको मृत्यु, दर्जनौँ बेपत्ता
सोमबार, १२ साउन २०८२, १२ : ४६
सारांश
- नाइजेरियाको नाइजर राज्यमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ।
- बजार जाँदै गरेको डुंगामा सवार अरु दर्जनौँ बेपत्ता छन्।
- अत्यधिक भारका कारण डुंगा पल्टिएको अनुमान गरिएको छ।
माइदुगुरी । उत्तर–मध्य नाइजेरियाको नाइगर राज्यमा झन्डै सय जना सवार डुंगा पल्टिएको छ । यस घटनामा १३ जनाको मृत्यु भएको पुस्टी भएको छ भने अरू दर्जनौँ हराइरहेको भन्दै रोयटर्सले समाचार छापेको छ ।
डुंगा चढेर बजार गइरहेको अवस्थामा काठको उक्त डुंगा दुघर्टनामा परेको अधिकारीहरूले बताएका छन् । उद्धारकर्मीहरूले २६ जनाको उद्धार गरेका थिए । यीमध्ये अधिकांश महिला र बालबालिका भएको बताइएको छ । उद्धार हुनेमा डुंगा चालक पनि थिए ।
उनले डुंगामा कति जना सवार थिए भनेर पुस्टी गर्न नसकेको बताइएको छ । अहिलेसम्म डुंगा दुघर्टनामा पर्नुको कारण खुल्न नसके भए पनि अत्यधिक भार थेग्न नसकेर डुंगा पल्टिएको हुन सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण