काकाकुल मधेसको कहालीलाग्दो जनजीवन [फोटोकथा]
काठमाडौँ । मनसुनकै समयमा मधेस प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा भएको छ । वर्षा नहुँदा मधेसका किसान यो वर्ष कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् ।
बिहीबार बिहानै मधेसमा फिल्ड रिपोर्टिङका लागि इभी चढेर काठमाडौँबाट प्रस्थान गरियो । मध्याह्नभन्दा करिब आधा घण्टा अघि वीरगन्ज झर्दा देखिएको अवस्थाले खडेरी के हो भन्ने राम्रैसँग अनुभूत गरायो ।
जताततै खाली भाँडा र धाँजा फाटेका खेतका गरा, सुकेका ब्याड– अहिले पनि मधेसको त्यो कहालीलाग्दो दृश्य मेरो मानसपाटलमा आइरहेको छ ।
_I1N6hQXKMd.jpg)
काठमाडौँको चिसो वातावरणमा बसिरहेको म केही घण्टाको यात्रामै सुक्खाग्रस्त मधेस पुग्दा भुङ्ग्रोमा हामफालेजस्तै भयो । शरीरबाट नदीसरी पसिना बगिरहेको थियो । त्यहाँका मान्छे आफ्नो शरीरलाई शीतल राख्न अनेक यत्न–प्रयत्न गरिरहेका थिए, तर ती सबै बेकार भइरहेका थिए ।
_Voz08IadtH.jpg)
मानिसहरूको अनुहारमा पिर झल्किन्थ्यो । दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समूह झन् बढी प्रभावित थिए । न घरभित्र, न बाहिर गर्मीले गर्दा मानिसहरू आलसतालस भएका थिए ।
_e46VYHyjDB.jpg)
फोटो पत्रकारको जिम्मेवारी र ढाडमा ब्यागको भारी बोकेर म आफ्नो कर्ममा लागेँ । वीरगन्ज पुगेदेखि नै सुरु भएको मेरो कर्म रौतहट पुगेर बिट मारियो । तर काकाकुल बनेको मधेसले मेरो मन साह्रै कुँडियो ।
वीरगन्जमा त मधेस सरकारले दमकल र ट्याङ्की प्रयोग गरेर पानी वितरण गरिरहेको छ, तर यसले त्यहाँको पानीको मागलाई पूरा गर्न सकेको छैन । घरमा रहेका ज्येष्ठ सदस्यदेखि बालबालिकासम्म सबैको ध्यान ट्याङ्कर आउला र पानी भरौँला कि भन्नेमा केन्द्रित थियो ।
_U0Mc3jZjaR.jpg)
नेपालकै आर्थिक केन्द्रको रूपमा सुनिएको र मानिएको वीरगन्ज सहर पानीको लागि तड्पिरहेको थियो । अझ बिजुली पनि अनियमित हुँदा मानिसहरूलाई आफ्नो शरीरको तापक्रम नियन्त्रित राख्न सकस परेको देखिन्थ्यो ।
_kmzxHTK3CK.jpg)
रापिलो मधेसमा वेलावेलामा अवरुद्ध भइरहने विद्युतले पनि मानिसहरूको धैर्यताको परीक्षण गरिरहेको छ । निलो छ्याङ्ग आकाश काठमाडौँमा देख्दा जुन खालको आनन्द हुन्थ्यो, मधेसमा भने त्यही आकाश किन कालोमैलो भइदिएन भनेर चिन्ता गर्नुपर्ने अवस्थामा पुगियो ।
वीरगन्जमा एक रातको बसाइपछि मयुरी गाडी चढेर हामी त्यस्तै विकराल स्थितिको अर्को दृश्य हेर्न बारा पुग्यौँ । बाराको बरियापुरका खेतहरूमा डिप बोरिङ गरेर खेती गर्र्दै आएका किसानहरू आफ्नो मेसिन बिग्रिएर बनाउँदै गरेका दृश्य यत्रतत्र देखियो ।
_7jsf6PANeI.jpg)
हावा चल्दा पनि खेतका माटो सुक्खा भएर बुरुरु उडिरहेका थिए । धानको ब्याडसँगै चर्किएका खेतका गराले आउँदै गरेको खाद्य सङ्कटको सङ्केत दिइरहेका थिए ।
_fJMGjrLiNX.jpg)
भोलिपल्ट रौतहटको मौलापुर पुग्दा त्यहाँ अर्को कुरा थाहा पाइयो । सरकारले बनाउने भनेको डिप बोरिङहरू त यहाँ पहिला नै सुक्न थालिसकेका छन् । यहाँ बोरिङको भरमा बसेका कैयौँ किसान जमिनमुनि पानी नभेटाउँदा तनाबमा छन् ।
सुक्खाग्रस्त क्षेत्रको रूपमा घोषणा गरिएको मधेस प्रदेशको स्थलगत भ्रमणमा शुक्रबार गएकावेला प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान गर्न ५ सय डिप बोरिङ जडान गर्ने घोषणा गरेका थिए । तर जमिनमुनि नै पानी नभएपछि सरकारले कसरी आफ्नो घोषणा पूरा गर्छ भन्ने प्रश्न मेरो दिमागमा आइरहेको छ ।
_Bg3Lf26Ano.jpg)
अझ आइतबार काठमाडौँ आएपछि थाहा भयो कि विपद् सङ्कटग्रस्त मधेस प्रदेशका विभिन्न जिल्लामा चैत यता सिँचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन सकेको छैन ।
विभिन्न स्थानमा सिँचाइ प्रयोजनका लागि खनिएका बोरिङमा प्रयोग हुने ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ । केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिँचाइ हुन नसकेको अवस्था छ ।
_UwFq4sJmvY.jpg)
मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालयस्तरको अध्ययन कार्यदलले मुख्यसचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा भनेको यो कुराले मधेस कुन दुर्दशामा छ र सरकार त्यसमा कति गम्भीर छ भन्ने बुझ्न कठिन छैन ।
_pQyssNzhVY.jpg)
_JrCDSEcUVX.jpg)
_qluebhRRZd.jpg)
_N1fVAfHXBe.jpg)
_Nih4hb1uOl.jpg)
_0J8etsVEW5.jpg)
_QDJBr4ZPAY.jpg)
_74LVna6US2.jpg)
_Pr02OSWisf.jpg)
_EfwMfD43SU.jpg)
_VuXTf9H2go.jpg)
_cybrX4VFnn.jpg)
_H4tk3raxaA.jpg)
_KsMqE3Qwxg.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण