सञ्जय दत्तले के गरे महिलाले दिएको ७२ करोडको सम्पत्ति ?
काठमाडौँ । अपरिचित व्यक्तिका लागि कसले पो आफ्नो सम्पत्ति छाडेर जाला ? तर, बलिउडका दिग्गज अभिनेता सञ्जय दत्तको जीवनमा एउटा अचम्मलाग्दो घटना भएको छ । एक महिलाले उनको लागि ७२ करोड रुपैयाँ बराबरको सम्पत्ति छोडेकी थिइन् ।
कर्ली टेल्ससँगको कुराकानीमा दत्तलाई एउटा महिला फ्यानले सन् २०१८ मा आफ्नो मृत्यु हुनुभन्दा अघि अभिनेताको नाममा सम्पत्ति छोडेकी थिइन् त भनेर सोधिएको थियो । त्यसको जवाफमा सञ्जय दत्तले यो सत्य भएको बताए । अभिनेता सञ्जयले उक्त सम्पत्ति उनकै परिवारलाई फिर्ता गरिदिएको समेत बताए ।
के थियो विषय ?
२०१८ मा, सञ्जयकी एक फ्यान निशा पाटिलले आफ्नो सम्पूर्ण सम्पत्ति सञ्जय दत्तलाई हस्तान्तरण गरेकी थिइन् । त्यतिबेला यो सम्पत्तिको मूल्य करिब ७२ करोड रुपैयाँ बराबर थियो ।
यो खबर बाहिरिएपछि निशा निकै चर्चामा आइन् । तर सञ्जय यो कदमबाट छक्क परेका थिए । मुम्बईकी ६२ वर्षीया निशा एउटा असाध्य रोगबाट पीडित थिइन् । आफ्नो मृत्युपछि उनको सबै सम्पत्ति सञ्जय दत्तलाई हस्तान्तरण गर्न उनले आफ्नो बैंकलाई भनेकी थिइन् । तर सञ्जयले यो सम्पत्ति महिलाको परिवारलाई फिर्ता गरिदिए ।
सञ्जयले सन १९८१ मा आएको फिल्म फिल्म ‘रकी’बाट बलिउडमा डेब्यू गरेका थिए । केही अघि उनको द भूतनी र हाउसफुल ५ जस्ता फिल्म रिलिज भए थिए । यतिबेला उनको हातमा कयौँ फिल्म छन् ।
अखंड २, धुरंधर र द राजा साब यस वर्षको अन्त्यमा रिलिज हुँदैछ । २०२६ मा रिलिज हुने कन्नड फिल्म ‘केडी–द डेभिल’मा पनि उनलाई देख्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण