आत्महत्याको चेतावनीपछि अनिलकाे गीत फिर्ता
सारांश
- गायक अनिल सिंहले म्युजिक डटकम र म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका छन्।
- कम्पनीसँगको रोयल्टी र कपिराइट सम्बन्धी विवाद समाधानपछि सिंहले गीत फिर्ता पाउने भएका हुन्।
- अब गीतको अडियो अधिकार सिंहको हुनेछ र भिडियो अधिकार म्युजिक डटकम र म्युजिक नेपालमा रहनेछ।
काठमाडौँ । गायक अनिल सिंहले म्युजिक डटकम, म्युजिक नेपालबाट अडियो गीत फिर्ता पाउने भएका छन् । गीतको विषयमा यी दुबैसँग कपिराइट र रोयल्टीका विषयमा कुरो मिलेको गायक सिंहले बताए ।
गायक सिंहले सामाजिक सञ्जालबाट म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको, आफ्नो म्युजिक करियर र संगीत जीवन समेत बर्वाद पार्न लागेको आरोप लगाउँदै एक भिडियो पोस्ट गरेका थिए । त्यसपछि कम्पनीले उनलाई गीत फिर्ता दिने भएको हो ।
सिंहका अनुसार अब गीतको अडियो राइट उनमै हुनेछ र भिडियो राइट मात्र म्युजिक डटकम र म्युजिक नेपालमा हुनेछ । सो विषयमा दुवै बिच साँझसम्म सम्झौता हुनेछ ।
‘मैले मेरै गीतहरू प्रयोग गर्न पाइरहेको थिइनँ । आफ्नै गीत प्रयोग गर्दा कपि राइट लाग्थ्यो’, गायक सिंहले भने, ‘अब भने अलिकति राहत मिल्यो ।’ आजबाट यो समस्याको समाधान हुने सिंहले विश्वास लिएका छन् ।
म्युजिक डटकम र सिंहबिच म्युजिक नेपालबाट प्राप्त रोयल्टी आधा–आधा बाँड्ने सम्झौता समेत हुँदैछ । गीतहरूको अडियो भने सिंहले सहजै बिना कपिराइट आफ्नो अनुकूल प्रयोग गर्न पाउनेछन् ।
सिंह एक समयका चर्चित पप गायक हुन् । उनका ‘इन्जिन गाडीमा’, ‘आइ लभ यु’ जस्ता थुप्रै गीत सुपर हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
-
गण्डकी प्रज्ञा–प्रतिष्ठानको नियुक्तिविरूद्ध रिटमा कारण देखाऊ आदेश
-
१० बजे १० समाचार : कांग्रेस विवाद फेरि सर्वोच्चमा, वैदेशिक व्यापारमा नयाँ रेकर्ड
-
'सेयर खरिदविक्री रोक्नु विदेशी लगानी कानुन तथा द्विपक्षीय सम्झौता वर्खिलाप'
-
नेदरल्यान्ड्सँग पनि पराजितः बलर र ब्याटर दुवै फ्लप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण