नाइमा नेपाल मोबिलिटी एक्स्पो- २०२५ मा ३५ वटा नयाँ सवारी साधन लन्च हुने
सारांश
- नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा ३५ वटा नयाँ सवारीसाधन सार्वजनिक हुनेछन्।
- एक्स्पो भृकुटीमण्डप, काठमाडौंमा साउन २१ देखि २५ गतेसम्म आयोजना हुनेछ, जसमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
- प्रदर्शनीमा विद्युतीय सवारी साधन र नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शन गरिनेछ, र टिकट खल्तीमार्फत उपलब्ध हुनेछ।
काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’मा ३५ वटा नयाँ सवारीसाधन लन्च हुने भएका छन् । सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले उक्त जानकारी दिएको हो ।
नेपाल मोबिलिटी एक्स्पो २०२५ का एक्स्पो समिति प्रमुख शिरीषकुमार मुरारकाले यस पटकको एक्स्पो राजधानीको केन्द्रमा रहेको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने जानकारी दिए ।
उनले यस पटकको एक्स्पोमा नयाँ प्रविधि र मोडलहरू सार्वजनिक हुने बताए । उनले विद्युतीय सवारी साधनदेखि नवीनतम मोबिलिटी समाधानहरू प्रदर्शनीमा राखिने उल्लेख गरे । मुरारकाले प्रदर्शनीमा १५ वटा दुई पांग्रे, १५ वटा चारपांग्रे र ५ वटा व्यावसायिक सवारी साधन सार्वजनिक हुने जानकारी दिए ।
नाइमाका अध्यक्ष रितुसिंह वैद्यले एक्स्पोमा नेपालकै सबैभन्दा ठुलो र महत्त्वपूर्ण अटोमोबाइल प्रदर्शनी बन्ने विश्वास व्यक्त गरिन् । उनले प्रदर्शनीको पाँचौँ दिन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा प्यानल छलफल हुने जानकारी पनि दिइन् ।
प्रतियोगितामा साउन २१ सम्म ‘नाइमा अटो एक्स्पो’ सम्बन्धी भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गर्ने सहभागीमध्ये उत्कृष्ट एक जनालाई १ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने साउन २१ देखि २५ सम्म अपलोड गरिएका १० उत्कृष्ट भिडियोलाई प्रत्येकलाई १० हजार पुरस्कार प्रदान गरिनेछ।
‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डप, काठमाडौँमा आयोजना हुने भएको छ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरू सहभागी हुनेछन् । प्रदर्शनीको टिकट खल्ती बाइ आईएमईमार्फत उपलब्ध छ ।
बिक्री भएका टिकटहरूको पाँच प्रतिशत रकम शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सहकार्यमा विद्यार्थीहरूलाई मोबिलिटी क्षेत्रसँग सम्बन्धित छात्रवृत्ति तथा फेलोसिप प्रदान गर्न खर्च गरिने छ ।
प्रदर्शनीका आगन्तुकहरूलाई लक्षित गरी प्रायोजक कम्पनीहरूले विशेष सुविधाहरूको व्यवस्था गरेका छन् । राइड पार्टनर पठाओले भृकुटीमण्डप गन्तव्य भएका राइडहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ भने मेडिकल पार्टनर फ्रन्टलाइन हस्पिटलले प्रदर्शनी स्थलमा चौबीसै घण्टा एम्बुलेन्स व्यवस्थापनसहित आकस्मिक तथा सामान्य स्वास्थ्य सेवा प्रदान गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण