बस्ती विकास भएका स्थानमा रहेकालाई मात्रै पूर्जा दिन सकिन्छ – मन्त्री अधिकारी
काठमाडौँ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सोमबार पनि भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल भएको छ ।
सिंहदरबारमा बसेको बैठकमा संशोधनकर्ता सांसदहरूले आफ्नो संशोधनको औचित्यबारे जानकारी गराएका थिए ।
बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले धेरै वर्षदेखि सार्वजनिक जग्गामा बस्दै आएका व्यक्तिलाई सहज रूपमा पूर्जा दिने व्यवस्था गर्न सरकारले विधेयक ल्याएको बताए । बस्ती विकास भएका स्थानमा रहेका जनतालाई मात्रै पूर्जा दिने भन्दै त्यसबाहेक अन्यलाई पूर्जा दिन नसकिने उनको भनाइ थियो ।
जग्गा हदबन्दीभन्दा बढीको जग्गाबाट लाभ लिन नपाउने व्यवस्था समेत विधेयकमा स्पष्ट राखिएको उनले बताए ।
बैठकमा संशोधनकर्ता सांसद विश्वप्रकाश शर्माले प्रचलित कानून बमोजिम हदबन्दी छुट दिँदा तोकिएको बमोजिम नै प्रयोग गर्नुपर्ने धारणा राखे । त्यसबाहेकको प्रयोजनका लागि हदबन्दी छुट नदिन उनले सुझाव दिए ।
त्यस्तै सांसद माधव सापकोटाले विधेयकमा प्रतिपक्षीले राखेको संशोधनबारे गम्भीर हुन सुझाव दिए । प्रतिपक्षीले विरोधका लागि मात्रै नभई विधेयकलाई समृद्ध बनाउन संशोधन राखेको धारणा राखे ।
बैठकमा केही सांसदहरूले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन माग गरेका थिए । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि ९९ वटा संशोधन प्रस्ताव दर्ता भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण