ट्याङ्करबाट वितरण गरिएको पानीको भरमा मधेसका नागरिक (तस्बिरहरू)
सारांश
- मधेस प्रदेशमा वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन र खानेपानीको अभाव बढेको छ।
- स्थानीय र प्रदेश सरकारले दमकल र ट्याङ्करबाट पानी वितरण गरे पनि त्यो पर्याप्त हुन सकेको छैन।
- महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाका स्थानीयहरू खानेपानीको चरम सङ्कटमा परेका छन्।
काठमाडौँ । मधेस प्रदेश अहिले सुक्खाले ग्रस्त छ । वर्षा नहुँदा धान रोपाइँ हुन सकेको छैन भने खानेपानी अभाव पनि उत्तिकै छ । तराईमा पानीका स्रोत भनेका कुवा, इनार र चापाकल हुन् । यी तीनवटै परम्परागत प्रणाली बेकामे बन्दा पानी सङ्कट चुलिएको हो ।
खानेपानीको सङ्कट टार्न स्थानीय र प्रदेश सरकारले दमकल र ट्याङ्करबाट बस्ती बस्तीमा पानी बाँड्न थाले पनि त्यो त्यति प्रभावकारी भएको छैन । जसमध्ये महोत्तरी जिल्लाका विभिन्न नगरपालिकाका गाउँहरूमा खानेपानीको चरम अभाव देखिएको छ । जिल्लाको मनराशिसवा नगरपालिकामा रहेका दश वटा वडाका स्थानीयले अहिले खानेपानीको सङ्कट भोगी रहेका छन् ।
सो नगरपालिकाको वडा नं १ मा अवस्थित चौरिया टोलका सबै चापाकल, इनार, कुवा सुक्दा स्थानीयहरू नगरपालिकाले वितरण गरेको ट्याङकरको पानीको भरमा दैनिकी चलाउनु परेको स्थानीय राम प्रवेश महराले बताए । चापाकलमा पानी आउँदैन पानी पिउन खाना पकाउन पालिकाले बाँडेको पानीमा भर पर्नु परेको उनले सुनाए ।
'कहिले काँही त पानी ल्याउने ट्यांकर रातिको ११, १२ बजे तिर आउँछ, फेरि त्यति बेला उठेर पानी भर्न पर्छ' स्थानीय गगनदेव यादवले सुनाए । तस्बिर : प्रकाशचन्द्र तिमिल्सेना, नेपाल फोटो लाइब्रेरी ।
_Qy2GjHtG4u.jpg)
_6pbqCbdeBh.jpg)
_lrfz5iipqL.jpg)
_1U2tTRxLA1.jpg)
_y7X5Dwyh20.jpg)
_LZGzCovhqx.jpg)
_IQk1S7VwgR.jpg)
_YjEOEDPIem.jpg)
_8nLe0GyOwF.jpg)
_SIx3QH6MrY.jpg)
_0JNwAkNZRa.jpg)
_qtvHM9VkD8.jpg)
_PirX8Cbf0t.jpg)
_xtFNv55sL6.jpg)
_RpjXBQiaOa.jpg)
_z2YF2Jlvjz.jpg)
_ECnMXP3YUH.jpg)
_LMJhcYz1LH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण