माओवादीले नेतृत्व गरेका पालिकामा पार्टीको हस्तक्षेप छैन : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले नेतृत्व गरेका स्थानीय तहमा अन्यत्रभन्दा राम्रो काम भएको दाबी गरेका छन् ।
माओवादी केन्द्र समाज कल्याण विभागले मंगलबार ललितपुरमा गरेको ‘सामाजिक न्याय, समावेशिता र सामाजिक संघसंस्थाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले स्थानीय तहका काममा पार्टीले कुनै हस्तक्षेप नगरेको जिकिर गरे ।
‘योजनाबद्ध रुपमा अघि बढ्न सके स्थानीय तहले अझै राम्रो गर्न सक्छन्,’ उनले भने, ‘अहिलेको अपारदर्शी संरचनाका कारण आर्थिक चलखेल हुने गरेको छ । त्यसमाथि चाहिँ हस्तक्षेप गरेर इमान्दारीका साथ संस्थाहरुलाई अघि बढाउनुपर्छ ।‘
देशको राजनीति र विभिन्न संस्थामा माओवादीको नीतिका साथ हस्तक्षेप गर्न चाहेको समेत प्रचण्डले बताए ।
प्रचण्डले सरकारमा हुँदा विभिन्न सामाजिक संघसंस्थाको बजेट सरकारको बजेटसँग समानान्तर जस्तो देखिने समस्या समाधान गर्न पहल लिएको पनि दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण