बागमती प्रदेश
दलको नेतामा विश्वास गुमाएपछि के भन्छन् बहादुर ?
मङ्गलबार, १३ साउन २०८२, १३ : ४३
सारांश
- बागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाले आफूविरुद्धको अविश्वास प्रस्तावमा लोकतान्त्रिक विधि र प्रक्रिया पुग्यो कि पुगेन हेर्न बाँकी रहेको बताए।
- मंगलबारको बैठकमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मतदान गरे।
- दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्ने र भोलिसम्म दलको नेताका लागि चुनाव हुनेछ।
मकवानपुर । नेपाली कांग्रेसको बागमती प्रदेश सभा संसदीय दलको नेता बहादुरसिंह लामाले आफूविरुद्धको अविश्वास प्रस्तावमा लोकतान्त्रिक विधि र प्रक्रिया पुग्यो पुगेन भन्ने हेर्न बाँकी नै रहेको बताएका छन् ।
मंगलबार कांग्रेस संसदीय दलको बैठकमा भएको मत विभाजनमा अविश्वास प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ सांसदले मत दिएका थिए । त्यसपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामाले भने, ‘नेपाली कांग्रेस पार्टी लोकतान्त्रिक विधिमा विश्वास गर्ने पार्टी हो । त्यसले गर्दा अहिलेको प्रक्रियामा लोकतान्त्रिक विधिको प्रक्रिया पुग्यो पुगेन हेर्न बाँकी छ ।’
यद्यपि उनले भएको मतदानमा आफ्नो पक्षमा बहुमत नभएपछि दलको नेता रिक्त हुने बताए । ‘दलको नेता रिक्त भएपछि चुनावी प्रक्रिया अघि बढ्छ । त्यहाँ गोप्य मतदान हुन्छ । भोलिसम्म दलको नेताका लागि चुनाव हुन्छ,’ लामाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण