बागमती कांग्रेस संसदीय दलको निर्वाचनमा एकल उम्मेदवारी रहँदैन : सांसद चित्रकार
हेटौंडा । बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार संसदीय दलको नेताको हैसियत गुमाएसँगै पुनः दलको निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ ।
संसदीय दलमा स्पष्ट दुई धार देखिएको छ भने दुवै पक्षले आफ्ना उम्मेदवार उठाउने तयारी गरेका छन् ।
संसदीय दलको नेताविरुद्धको अविश्वास प्रस्ताव पास भएसँगै दुवै पक्ष दलको नेता चयन प्रक्रियामा जुटेको छ । मत विभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेको थियो । सोही समीकरण कायम रहेको अवस्थामा इन्द्र बानियाले संसदीय दलको नेतामा बाजी मार्न सक्ने सम्भावना प्रबल छ ।
यद्यपि मुख्यमन्त्री लामा पक्ष पनि दलको निर्वाचनमा उम्मेदवारी दिएर अघि बढ्ने रणनीतिमा देखिएको छ ।
बागमती प्रदेश सभा सदस्य एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृण चित्रकारले संसदीय दलको निर्वाचनमा एकल उम्मेदवारी कायम नहुने बताएका छन् । प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका बानियालाई सर्वसम्मत दलको नेता बन्न नदिने रणनीतिसहित एकल उम्मेदवारी कायम हुन नदिने लामा समूहको निष्कर्ष रहेको उनले बताए ।
मुख्यमन्त्री लामाको समूहबाट जो कोही पनि दलको नेतामा उम्मेदवार बन्न सक्ने चित्रकारले बताए । मुख्यमन्त्री लामा स्वयंले चाहेको खण्डमा फेरि उनी नै उम्मेदवार बन्न सक्ने सांसद चित्रकारको भनाइ छ । छलफल गरेर उचित निर्णय लिइने उनले बताए ।
‘हामीले अहिलेको अवस्थामा १५ जना सांसद होल्ड गरेको अवस्था हो । हामी निर्वाचनको विषयमा छलफल गरेर अघि बढ्छौँ,’ चित्रकारले भने, ‘छलफलको निर्णय अनुसार हामीमध्ये जो कोही पनि उम्मेदवार हुन सक्छ ।’ आफ्नो समूहको छलफल गर्ने र छलफलबाट उम्मेदवारको बारे टुङ्गो लाग्ने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण