धनगढीमा थारु समुदायको गुरही पर्व भव्यताका मनाइयो
धनगढी । थारु समुदायको मौलिक पर्व गुरहीको अवसरमा धनगढीमा ‘गुरही असरैना कार्यक्रम २०८२’ भव्यताका साथ मनाइएको छ ।
‘हमार भाषा, कला, संस्कृति हमार पहिचान, संरक्षण,संवर्द्धन कर्ना हमार साझा अभियान’ अर्थात् ‘हाम्रो भाषा, कला, संस्कृति हाम्रो पहिचान, संरक्षण, संवर्द्धन गर्नु हाम्रो साझा अभियान’ भन्ने मूल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काको प्रमुख आतिथ्यता रहेको थियो ।यस्तै, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी राना, सखी सञ्जाल कैलालीकी अध्यक्ष उन्नति चौधरी लगायत विभिन्न थारु नेता, अगुवा तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
सयौँको सङ्ख्यामा कार्यक्रममा हेर्न आउने र सो कार्यक्रम नाचगान रमाइलो गर्नेहरूको सहभागिता थियो। कार्यक्रममा धनगढी–८ मा स्थापना गरिएको गुरही किराको मूर्तिमा पनि अनावरण गरिएको छ।
गुरही चौकमा राखिएको मूर्तिले अव थारु संंस्कृति पहिचान सधैँमा झल्काउने हुँदा थारु समुदायले यो दिनलाई ऐतिहासिक दिनका रूपमा लिए ।
कार्यक्रममा थारु संस्कृति झल्किने विभिन्न नाचगान प्रस्तुत गरिएको थियो ।सखी सञ्जालकी अध्यक्ष चौधरीले यस्ता कार्यक्रमले थारु समुदायलाई एकै ठाउँमा भेला गराई आफ्नो संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने अवसर प्रदान गर्ने बताइन् ।
गुरही पर्व थारु समुदायले मनाउने एक महत्त्वपूर्ण सांस्कृतिक पहिचान बोकेको पर्व हो। पश्चिम नेपालका कैलाली, कञ्चनपुर लगायतका जिल्लामा श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीको दिन मनाइन्छ ।
यो पर्वलाई बालबालिकाको पर्वका रूपमा पनि लिइन्छ र यो मनाउँदा बालबालिकालाई रोगव्याधीले नसताउने जनविश्वास रहिआएको छ ।
कार्यक्रममा कपडाको पुतली (गुरही) बनाएर त्यसलाई गाउँको चोकमा लगेर पिट्ने (असरैना) गरिन्छ। जसले गाउँघरमा रहेका रोगव्याधी र दुष्ट आत्माहरू भाग्छन् भन्ने विश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
-
दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु
-
सहमति र एकताको पहल नभए नयाँ बाटो तय गर्न बाध्य हुनेछौँ : विमलेन्द्र निधि
-
६ अर्ब ६ करोड ७८ लाख राजस्व सङ्कलन
-
प्रशिक्षणका लागि नेपाली पुरुष कबड्डी टोली भारत जाँदै, राखेपद्वारा बिदाइ
-
जम्मु-कास्मिरको अनन्तनागमा प्रहरी जवानको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण