शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

बागमती प्रदेश : मन्त्री नियुक्तिमा एमालेको ‘ब्रेक’

बुधबार, १४ साउन २०८२, १० : ३१
बुधबार, १४ साउन २०८२

सारांश

  • नेकपा एमालेले बागमती प्रदेशमा मन्त्री नियुक्ति नगर्न मुख्यमन्त्रीलाई सुझाव दिएको छ।
  • मुख्यमन्त्री लामाले आजै केही मन्त्री नियुक्त गर्ने तयारी गरे पनि एमालेले दलको नेता टुंग्याउन आग्रह गरेको हो।
  • एमाले नेता जगन्नाथ थपलियाले प्रक्रिया पूरा गरेर मात्रै मन्त्री नियुक्त गर्न सुझाव दिएका छन्।

हेटौँडा । बागमती प्रदेशमा सत्ता साझेदार दल नेकपा एमालेले प्रदेशमा मन्त्री नियुक्ति नगर्न सुझाव दिएको छ । मुख्यमन्त्री बहादुर सिंह लामाले आजै केही मन्त्री नियुक्ती गरेर शपथ गराउने तयारी गरिरहेका बेला नेकपा एमालेले दलको नेता टुङ्ग्याएर मात्रै मन्त्री नियुक्त गर्न मुख्यमन्त्री लामालाई आग्रह गरेको हो। 

‘अहिले मन्त्री नियुक्ति गर्दा विवाद थप बढ्न सक्छ । यसको असर भोली दीर्घकालीन रूपमा पर्न सक्छ । त्यसैले हामीले अहिले मन्त्री नियुक्त नगर्न सुझाव दिएका छौँ’, नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता  जगन्नाथ थपलियाले भने, ‘प्रक्रिया पुर्‍याएर दलको नेता टुङ्ग्याएर अघि बढ्दा उपयुक्त हुन्छ ।’

थपलियाले आफूहरूले साझेदार दलको हिसाबले सुझाव दिएको तर मान्ने नमान्ने मुख्यमन्त्रीको अधिकारको कुरा भएको बताए । ‘मान्ने नमान्ने उहाँ मुख्यमन्त्रीको विषय भयो तर हामीले अहिले नै मन्त्री नियुक्त नगर्न भनेका छौ’, थपलियाको भनाइ छ । 

मुख्यमन्त्री लामाले विश्वासको मत गुमाएसँगै आज कांग्रेसको दलको नेता चयन हुँदैछ । यसअघि लामाले ३ जना मन्त्री नियुक्त गर्ने तयारी गरेका थिए । एमालेको सुझावपछि मन्त्रीहरूको शपथ ग्रहणको समय समेत सरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप