‘ट्रम्पले हुन्छ नभनेसम्म ट्यारिफको मामिलामा चीनसँग सम्झौता हुन्न’
सारांश
- अमेरिका र चीनका शीर्ष अधिकारीहरूबीचको व्यापार वार्ता रचनात्मक रूपमा सम्पन्न भयो।
- चीनले ट्यारिफ युद्धमा विरामको समय बढाउने सहमति भएको जनाएको छ।
- अमेरिकी अर्थमन्त्रीका अनुसार म्याद थपको निर्णय राष्ट्रपति ट्रम्पले गर्नेछन्।
वासिङ्टन डीसी । अमेरिका र चीनका शीर्ष अधिकारीहरूबिचको दुई दिने व्यापार वार्ता सम्पन्न भएको छ । दुवै देशका शीर्ष अधिकारीहरूले वार्तालाई ‘रचनात्मक’ भनेका छन् ।
वार्तामा ९० दिनसम्मका लागि लगाइएको ट्यारिफ युद्धमा विरामको समय बढाउने सहमति भएको भनेर चीनले भनेको छ । दुई देशले युद्धविरामलाई कायम राख्ने भनेर सहमति गरेको चीनका व्यापार वार्ताकार लि छेङ्ग्ग्याङले बताए ।
यस अन्तर्गत दुवै पक्षले एक अर्काको देशविरुद्ध लगाइरहेका केही उपायहरू आकस्मिक रुपमा स्थगित गरेको पनि उनले बताए । तर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने म्याद थपको कुनै पनि निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्ने भनेका छन् ।
मेमा भएको युद्धविरामको म्याद आगामी महिना सकिँदै गर्दा स्वीडेनको स्टकहोममा दुई देशको टोलीबिच वार्ता भएको थियो । उक्त युद्धविराम लम्बिएन भने दुई देश पुनः जस्तालाई त्यस्तै व्यवहार गर्न थाल्नेछन् । यसले दुई देशबिचको व्यापारिक तनाव झनै भड्काउने छ ।
स्कटल्यान्डबाट अमेरिका फर्किने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग बोल्ने क्रममा ट्रम्पले वार्ताबारे आफूले बेसेन्टसँग कुरा गरेको बताएका थिए । ‘उनीहरूले चीनसँग निकै राम्रो वार्ता गरे, मलाई लाग्छ कि उनीहरूले मलाई यसबारे भोलि ब्रिफ गर्नेछन्,’ उनले भने ।
ह्वाइट हाउसमा दोहोर्याएर छिर्ने बित्तिकै ट्रम्पले चीनबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाएका थिए । चीनले पनि जस्तालाई त्यस्तै गर्ने नीति अपनाउन थालेपछि ट्यारिफ दर बढेर तीन अङ्कमा उक्लिएको थियो ।
मेमा दुई पक्षले ट्यारिफ युद्धमा विराम लगाउने निर्णय गरे । अहिले अमेरिकाबाट चीनमा आउने सामानमा १० प्रतिशतको ट्यारिफ लागिरहेको छ भने चीनबाट अमेरिका आउने सामानमा यो दर ३० प्रतिशत छ ।
अगस्ट १२ सम्ममा ट्यारिफ युद्धमा घोषित बिरामको म्याद बढेन भने ट्यारिफ ह्वात्तै बढ्ने चिन्तामा अमेरिकी अधिकारीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण