थलीमा चाँदीको काम गर्ने कारखानामा आगलागी हुँदा ५ लाख बराबरको क्षति
बुधबार, १४ साउन २०८२, १३ : २६
सारांश
- कागेश्वरी मनोहरा नगरपालिकामा ग्याँस चुहिएर आगलागी हुँदा ५ लाख बराबरको क्षति भयो।
- आगलागी मिलनचोकमा कृष्ण रसाइलीको घरमा सञ्चालित चाँदीको कारखानामा भएको थियो।
- स्थानीय र सशस्त्र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीस्थित मिलनचोकमा आगलागीबाट ५ लाख बराबरको क्षति भएको छ । मंगलबार कृष्ण रसाइलीको घरमा सञ्चालित चाँदीको काम गर्ने कारखानामा ग्याँस चुहिएर आगलागी भएको थियो ।
स्थानीय र सशस्त्र प्रहरीसँग समन्वय गरेर आगलागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । बोहराका अनुसार आगलागीबाट ५ लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारबाट बिजनेस नपाएर कार्यतालिकाबिनै चलिरहेछ प्रतिनिधि सभा
-
त्रिविद्वारा परीक्षार्थीका लागि कडा नियम जारी, आचारसंहिता उल्लंघन गरे कानुनी कारबाही हुने
-
नागढुंगा टनेल उद्घाटन : देश सुरुङ युगमा प्रवेश
-
सानिमा बैंकको आकर्षक रिपोर्ट, नाफा र लाभांश क्षमता दुवैमा उच्च सुधार
-
फिल्म ‘गौँथली’ ले पहिलो सातामै कमायो साढे ७ करोड
-
जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण