राजनीति
को बन्ला कांग्रेस बागमतीको संसदीय दलको नेता ? सुरु भयो मतगणना
बुधबार, १४ साउन २०८२, १५ : ३१
सारांश
- कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि बुधबार निर्वाचनको मतगणना सुरु भएको छ।
- निर्वाचनमा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबीच प्रतिस्पर्धा रहेको छ।
- लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा निर्वाचन भएको हो, जसमा ३७ सांसदले मतदान गरे।
काठमाडौँ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता चयनका लागि बुधबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा मतदान सकिएसँगै प्रक्रिया पूरा गरेर गणना सुरु भएको हो ।
निर्वाचनमा संसदीय दलको नेतामा मुख्यमन्त्री बहादुर सिंह लामा र सांसद इन्द्र बानियाँबिच प्रतिस्पर्धा रहेको छ ।
लामाविरुद्ध अविश्वास प्रस्ताव पारित भएपछि रिक्त पदमा बुधबार निर्वाचन भएको हो । तर लामाले फेरि उम्मेदवारी दिएका हुन् । निर्वाचनमा शतप्रतिशत अर्थात सबै ३७ सांसदले मतदानमा भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण