‘एसियन कप छनोटमा राम्रो नजिता निकाल्छौँ’
सारांश
- एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीलाई काठमाडौंमा बिदाइ गरियो।
- मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले राम्रो नतिजाको लागि कमीकमजोरी सुधार्ने बताए।
- भुटानमा हुने छनोटमा नेपालले उत्तर कोरिया, भुटान र साउदी अरबको सामना गर्नेछ।
काठमाडौँ । भुटानमा हुने एएफसी यू–२० महिला एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरिएको छ ।
बिदाइ कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले यसअघि भएका कमीकमजोरीलाई सुधार गर्दै एसियन कप छनोटमा राम्रो नजिता निकाल्ने बताए ।

त्यस्तै कप्तान बिर्सना चौधरीले एसियन कप छनोटका लागि तयारी राम्रो भएकाले नेपालको पक्षमा नजिता आउने उल्लेख गरिन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार काठमाडौंमा नेपाली यू–२० महिला फुटबल टोलीलाई बिदाइ गरेको हो । कार्यक्रममा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङ, एन्फा महासचिव किरण राई लगायतले एसियन कप छनोट खेल्न जाने नेपाली यू–२० महिला टोलीलाई बिदाइ गरेका थिए ।
टोलीले आगामी भदौ २३ देखि २८ सम्म भुटानमा आयोजना हुने एएफसी यू–२० महिला एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नेछ । छनौट चरणको खेलमा नेपाल समूह बी मा रहेको छ । समूह बीमा समूहमा उत्तर कोरिया, आयोजक भुटान र साउदी अरब पनि रहेका छन् ।
छनोट चरणमा प्रत्येक समूहको शीर्ष टोलीले आगामी वर्ष आयोजना हुने एएफसी यु–२० महिला एसियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण