‘मिस्टर नेपाल २०२५’ को खोजी सुरु
सारांश
- नेक्स्ट मोडल्स नेपालले 'मिस्टर नेपाल २०२५' को लागि अडिसनहरू सम्पन्न गर्यो, जसमा डिजिटल अडिसन पनि समावेश छ।
- प्रतियोगितामा १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली युवाहरूले भाग लिन सक्नेछन्, जसले विभिन्न प्रशिक्षणहरूमा भाग लिनेछन्।
- विजेताहरूले 'मिस्टर वर्ल्ड नेपाल', 'मिस्टर ग्लोबल नेपाल' र 'म्यान अफ द वर्ल्ड नेपाल' जस्ता उपाधिहरू जित्नेछन् र पुरस्कार पाउनेछन्।
काठमाडौँ । ‘मिस्टर नेपाल २०२५’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगिताका लागि इटहरी, जनकपुर, हेटौँडा, चितवन, भैरहवा, धनगढी, पोखरा, नेपालगन्ज काठमाडौँलगायत स्थानमा छनौट चरणको अडिसन सम्पन्न गरिसकेको छ ।
छनोट चरणमा सहभागी हुन चाहनेलाई अन्तिम अवसर स्वरूप डिजिटल अडिसन आगामी २ अगस्टमा स्वदेश र अन्तर्राष्ट्रिय अडिसन ३ अगस्टमा अमेरिकामा राखेको छ । प्रतियोगिताकाे अमेरिका निर्देशक सन्दीप पोखरेल रहेका छन् । डिजिटल अडिसनपछि छानिएका प्रतियोगी आयोजकले सार्वजनिक गर्दै अन्तिम चरणको प्रतियोगिताका लागि अगष्ट ४ देखि विभिन्न प्रशिक्षणमा सहभागी गराउनेछ ।
यसपटक पनि नेक्स्ट मोडल्सले १८ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरूले प्रतियोगितामा सहभागी जनाउन सक्ने प्रावधान राखेको छ । विश्वका जुनै कुनामा रहेका ५ फिट ७ इन्च माथि उचाइ भएका नेपाली नागरिकले प्रतियोगितामा सहभागी जनाउन सक्नेछन् ।
देशैभरि छरिएर रहेका युवा प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिताको अन्तिम तयारी कक्षामा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षण हुनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।
प्रतियोगितामा ‘मिस्टर वर्ल्ड नेपाल’, ‘मिस्टर ग्लोबल नेपाल’ र ‘म्यान अफ द वर्ल्ड नेपाल’ गरेर तीन विजेता छानिनेछ । विजेताले ‘मिस्टर वर्ल्ड २०२५’ वा ‘मिस्टर ग्लोबल २०२५’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् । प्रतियोगिताको कोरियोग्राफी तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका छन् ।
युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको यो प्रतियोगिता पुरुषहरू सहभागी हुने नेपालकै ठुलो र प्रतिष्ठित प्रतियोगिता हो ।
प्रतियोगिता विगतको भन्दा अझ भव्य बनाउन आफू लागि परेको नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाले बताए । विगतका वर्षभन्दा पनि यो वर्ष प्रतियोगिता अझै भव्य आयोजना हुने धमलाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण