माओवादी अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीचको विवादबारे स्थायी समितिमा छलफल हुने भएको छ।
- पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा शर्माले असन्तुष्टि जनाएपछि विवाद चर्किएको हो।
- प्रवक्ताका अनुसार आन्तरिक एकतालाई सुदृढ बनाउने विषयमा छलफल हुनेछ।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्मा बिचको अन्तरविरोधबारे स्थायी समिति बैठकमा छलफल हुने भएको छ ।
पार्टी निर्माण र नेतृत्व हस्तान्तरणको विषयमा पछिल्लो केन्द्रीय समिति बैठकले गरेको निर्णय कार्यान्वयन नभएको विषयमा शर्माले असन्तुष्टि पोखेका थिए । आन्तरिक जनवादको विषयमा प्रचण्ड र शर्माबिच सार्वजनिक रूपमै आरोप–प्रत्यारोप भएपछि बुधबार बसेको पदाधिकारी बैठकले स्थायी समिति बैठकको एजेन्डा बनाएको हो । बैठकपछि सञ्चारकर्मीसँग बोल्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले आन्तरिक एकतालाई मजबुत गराउने विषय पार्टीको नियमित एजेन्डाकै रूपमा प्रस्तुत भएको बताएका छन् ।
‘सङ्गठन निर्माण, कार्य विभाजन र आन्तरिक एकतालाई सुदृढीकरणबारे स्थायी समिति बैठकमा छलफल हुन्छ । आजको बैठकमा यसबारे कुनै छलफल भएन’, उनले भने । यस्तै उपमहासचिव हरिबोल गजुरेलले पनि अन्तरविरोधलाई स्थायी समिति बैठकमा छलफलको एजेन्डा बनेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण